Comments Add Comment

कतारको युनिक कोषका अध्यक्ष बने तीर्थ थिङ

दोहा । नेपालबाट रोजगारीको सिलसिलामा कतार आएका केही नेपाली युवाहरुले स्थापना गरेको “युनिक बचत कोष” को तेस्रो वाषिर्क साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले तीर्थ थिङ तामाङको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति निर्विर्रोध चयन गरेको छ ।

समितिको प्रथम उपाध्यक्षमा कृष्ण हुमागाइर्ं, द्वितीय उपाध्यक्ष तथा बित्त निर्देशक वीर सिँ तामाङ, महासचिव सुमन लामा, सचिव सुक्र तामाङ, कोषाध्यक्ष महेश बैद्य र सह कोषाध्यक्षमा नेत्रकुमार वाइबा चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा खीरबहादुर तामाङ र पवन बैद्य छन् । उक्त अधिवेेशनले प्रमुख सल्लाहकारमा माईला वाईबा तामाङ, सल्लाहकारमा कुमार मोक्तान र लक्ष्मण लामालाई चयन गरेको छ भने संस्थाको संरक्षकमा कोषको निवर्तमान अध्यक्ष दिल दोर्जे लामालाई चयन गरेको ।

सन २०१२ मा गठन भएको यस कोषले ३ वर्षको अवधिमा संस्थापक सदस्यहरुलाई १०३ प्रतिशत लाभांस दिन सफल भएको छ । नेपालमा बस संचालन गर्नेदेखि बिभिन्न सामाजिक गतिबिधि समेत गर्दै आइरहेको उक्त कोषले २८५० औ सोनाम ल्होछारको लागि कतारी रियाल दुईहजार नौ सय प्रायोजक गरेको थियो भने कोषको सदस्य तीर्थ तामाङको घर आगलागि हुँदा कतारी रियाल दुहजार दुई सय तथा अन्य सदस्य वीर सिं तामाङलाई कतारी रियाल ७९० आपतकालिन कार्यको लागि विशेष सहयोग गरेको थियो ।

त्यस्तै गरि शिखर ओम्बोटे छापमा आयोजना गरेको २८५१ औ सोनाम ल्होछारमा समेत २४ हजार रुपैयाँ आर्थिक प्रायोजक समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment