Comments Add Comment

म पैसा कम दिन्छु तर उधारो राख्दिनः छवि ओझा

chabi

२० वटा चलचित्र निर्माण गरिसकेका निर्माता छविराज ओझालाई लाग्ने एउटा आरोप छ, उनले आफ्नो चलचित्रमा कलाकारलाई निकै कम पारिश्रमिक दिन्छन् ।

अनलाइनखबरको स्टूडियोमा कुरा गर्दै निर्माता ओझाले यो कुरालाई स्विकार गरेका छन् । छविले भने-‘यो कुरामा केही सत्यता र केही असत्यता छ । मैले पारिश्रमिक कम दिन्छु भन्ने सही हो, तर दिंदै दिन्न भन्ने होइन ।’

छविले आफूले सबै कलाकारसँग संझौता गरेरै काम गर्ने बताए । उनले भने-‘दिनेले कम दिउँ भन्ने खोज्छ, लिनेले धेरै लिउँ भन्ने खोज्छ ।’

उनले आफू एक व्यवसायी भएकाले पनि कम भन्दा कम रकममा सफल चलचित्र बनाउने बताए ।

उनले भने-‘म कलाकारलाई भन्छु कि मसँग पैसा छैन, यतीमा काम गर्नुपर्छ । मान्नेले गर्छन्, नमान्नेले गर्दैनन् ।’ आफूसँग सहमत नभएको खण्डमा अरु कलाकार लिने छविले बताए ।

खुलस्त बोल्न रुचाउने निर्माता ओझाले भने-‘आजसम्म मैले कुनै कलाकारलाई रकम दिन बाँकी छ भने मलाई देखाउनुहोस् । म कम दिन्छु तर उधारो राख्दिन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment