+
+
Shares

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर २ गते १४:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुटिरहेको छ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आज बिहान ९:०० बजेसम्म कोषका विभिन्न खातामा रु १८ अर्ब ४७ करोड आठ लाख ७२ हजार ३९५ मौज्दात पुगेको छ।
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नौ वाणिज्य बैंकमा रु १३ अर्ब ७३ करोड छ लाख ७७ हजार ४३० र डलर खातामा तीन करोड १७ लाख ५७ हजार ९७२ अमेरिकी डलर पुगेको छ।

२ मंसिर, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग सङ्कलन भइरहेको छ ।

कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज बिहान ९:०० बजेसम्म मौज्दात रकम रु १८ अर्ब ४७ करोड आठ लाख ७२ हजार ३९५ पुगेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मैज्दात रु १३ अर्ब ७३ करोड छ लाख ७७ हजार ४३० र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा तीन करोड १७ लाख ५७ हजार ९७२ अमेरिकी डलर पुगेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?