Comments Add Comment

नेपाल पक्षको असहमतिका बीच एमालेमा कार्यविभाजन

UML-PADHAHIKARI-MEETING

१२ चैत, काठमाडौं । नेकपा एमालेमा माधवकुमार नेपाल पक्षको अनसन्तुष्टिका बीच नेताहरुको कार्यविभाजन भएको छ ।
एमाले अध्यक्ष केपी ओलीको निबास बालकोटमा बसेको बैठकले महाधिवेशन भएको झण्डै आठ महिनापछि नेताहरुको कार्यविभाजन गरेको हो । महासचिव इश्वर पोखरेलले प्रस्तुत गरेको प्रस्तावमा सामान्य हेरफेर गरेर कार्यविभाजनको प्रस्ताव पास गरिएको छ ।

बैठकमा माधवकुमार नेपाल भने अनुपस्थित थिए । नेपाल पक्षका सचिव योगेश भट्टराईले अध्यक्षले आफूहरुको कुरा नसुनेको भन्दै निर्णय नसच्याए नोट अफ डिसेन्ट लेख्ने बताए ।

अर्का सचिव प्रदिप ज्ञवालीले पनि नेपाल पक्षले नोट अफ डिसेन्टको कुरा गरेको स्वीकार गरे । तर, आपसी छलफल गरेर असहमतिको विषय टुङ्गोमा पुर्‍याउन सकिने उनले बताए ।

विदेश विभागमा खनाल र नेपालको दाबी

अध्यक्ष ओलीलाई समग्र पार्टी नेतृत्व र पार्टी स्कुलको जिम्मेवारी दिएको छ । तर, वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाललाई भने कुनै जिम्मेवारी दिइएको छैन ।

स्रोतका अनुसार विदेश विभाग प्रमुखमा दुबै नेताको दावी छ । थप छलफल गरेर टुङ्गोमा पुगिने नेताहरुले बताए । पोखरेलले नेपाललाई विदेश विभाग र खनाललाई नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखमा प्रस्ताव गरेका थिए ।

उपाध्यक्ष बामदेव गौतमलाई मध्यपश्चिम र किसान फाँट, विद्या भण्डारीलाई पूर्वाञ्चल र महिला, युवराज ज्ञवालीलाई पश्चिमाञ्चल , भीम रावललाई सुदूरपश्चिम र प्रवास र अष्टलक्ष्मी शाक्यलाई मध्यमाञ्चलको जिम्मेवारी दिइएको छ ।

महासचिव इश्वर पोखरेललार्इ समग्र संगठनको काम, उपमहासचिव विष्णु पौडेललार्इ भुगोल, मोर्चा तथा पार्टी सम्बद्ध विभागहरुको अनुगमनन तथा संयोजन र घनश्याम भुसाललार्इ राज्य संचालनसँग सम्बन्धित तथा विभागहरुको समन्वय तथा अनगुमनको जिम्मेवारी दिइएको छ ।

यस्तै सचिव गोकर्ण विष्टलार्इ मोर्चा संगठन, प्रदीप ज्ञवालीलार्इ केन्द्रीय सचिवालय सचिव, योगेश भट्टराईलार्इ प्रचार विभाग प्रमुख,  पृथ्बीसुब्बा गुरुङलार्इ संगठन विभाग प्रमुख र भीम आचार्यलार्इ राजकीय मामिला प्रमुखको जिम्मेवारी दिइएको छ ।

यस्तो थियो महासचिवको प्रस्ताव 

महासचिवको कार्य विभाजन प्रस्ताव (सूचीसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment