Comments Add Comment

सर्जियो अगुएरो बार्सिलोना जाने

८ जेठ, काठमाडौं । इङ्लिस क्लब म्यानचेष्टर सिटीमा अर्को महिना सम्झौता समाप्त भएपछि सर्जियो अगुएरो बार्सिलोना जाने भएका छन् । अगुएरो स्पेनिस क्लब बार्सिलोनासँग दुई वर्षको सम्झौतामा हस्ताक्षर गर्न सहमत भएको बेलायती अनलाइन गार्डियनले जनाएको छ ।

अर्जेन्टिनी खेलाडी अगुएरोको प्राथमिकता क्याम्प नोउ जानु थियो र उनले अन्य ठाउँमा उपलब्ध तलबभन्दा कम तलबमा बार्सिलोना जान स्वीकार गरेका हुन् । तर यदि टिमले च्याम्पियन्स लिग जितेमा उनले बोनस प्राप्त गर्नेछन् ।

अर्को सिजन सुरु हुँदा अगुएरो ३३ वर्ष पुग्नेछन् । यस सिजन चोटका कारण उनलाई धेरै समस्या भयो । जसले गर्दा उनले १८ खेल मात्र खेल्न पाएर ४ गोल मात्र गरे ।

उनले इतिहाड स्टेडियममा एभरटन विरुद्ध शनिबार हुने खेलमा फेयरवेल हुने आशा व्यक्त गरेका छन् । र अर्को शनिबार च्याम्पियन्स लिग फाइनल उनको लागि सिटीमा अन्तिम खेल हुनेछ ।

शुक्रबार सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो क्लबका कीर्तिमानी गोलकर्ता अगुएरोप्रति सम्मान व्यक्त गरे । अगुएरोले १० वर्षअघि सिटी पुग्नुअघि स्पेनमा एट्लेटिको मड्रिडका लागि खेलेका थिए ।

‘उनी फिट भएको बेला उनको प्रदर्शन अविश्वसनीय थियो,’ ग्वार्डिओलाले भने, ‘मलाई पक्का विश्वास छ कि १० हजार प्रशंसकहरू जुन स्टेडियममा हुनेछन् । अगुएरोले यस क्लबका लागि जितेको ट्रफी, प्रदर्शनका आधारमा गरेका कामहरूका लागि अविश्वसनीय छन् र सम्मान र कृतज्ञता प्रदान गरिनेछ ।’

बार्सिलोना म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड मेम्फिस डिपाएसँग पनि सम्झौताको नजिक पुगेको छ । डिपाएको सम्झौता यसै सिजन फ्रेन्च क्लब लियोनमा सकिंदैछ । र उनले आफ्ना वकिललाई आफू स्पेनिस क्लब जान चाहेको बताइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment