१२ असोज, काठमाडौं । सरकारले घरेलु फुटबल गतिविधि अगाडि बढाउने तयारी गरेको छ । १० असारमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन परेसंगै नेपाली फुटबल ठप्प जस्तै छ ।
तर, निलम्बन फुकुवाका लागि भएको पटकपटकको छलफलबाट उपलब्धि हुन नसकेपछि सरकार घरेलु फुटबल गतिविधि अगाडि बढाउने निचोडमा पुगेको हो ।
सरकारले घरेलु फुटबलको बारेमा सोमबार पुर्व फुटबलरहरूसँग छलफल गरेको थियो । छलफलबाट योजनावद्ध तरिकाले घरेलु फुटबल गतिविधि अगाडि बढाउने समझदारी भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रामचरित्र मेहताले जानकारी दिए ।
‘निलम्बन फुकुवा नभएको अवस्थामा पनि नेपाली फुटबललाई चलायमान गराउन घरेलु लिगहरु अगाडी बढाउने निर्णयमा सरकार पुगेको छ,’ उनले भने ।
निलम्बन फुकुवाका लागि एन्फाले सहयोग नगरेको सरकारको निष्कर्ष छ । जसका कारण सरकार अर्को दिशातर्फ अगाडि बढेको सदस्यसचिव मेहताले बताए ।
प्रतिक्रिया 4