Comments Add Comment

बुधबारका दैनिक पत्रिकामा बिजनेस खबर

राजधानीबाट बुधवार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेलाई मुक्त गर्न दवाद दिने निर्णय गरेको खबर प्राथमिकताका साथ छापेका छन् ।
कारोबार दैनिकमा पाण्डेलाई रिहा गर्न महासंघको संस्थागत दबाब, प्रहरी पेट्रोल पम्पबाट रोकिएन ठगी, दुवै मेडिकल कलेजलाई सम्बन्धन नदिइने, निजगढ विमानस्थल बनाउन मन्त्रीस्तरीय समिति, डिजिटल विज्ञापन बढ्दो, नेताहरुले चलाए समावेशी कृषि फार्म, विकासका अवरोध हटाउन राज्यले कदम चाल्नुपर्ने, नर्वेको स्ट्याटक्राफ्टद्वारा एक वर्ष म्याद थप्न प्रस्ताव लगायतका खबर छन् ।
अन्नपूर्ण पोष्टमा नेपाली बैंकबाट ऋण लिएर विदेशी बैंकबाट ब्याज, पाण्डेलाई मुक्त गर्न महासंघको आग्रह, कुल बजेटको ४० प्रतिशत मात्रै लक्षित वर्गमा, सीडीएस कार्यान्वयनको तयारी, बाग्लुङका किसानलाई ६८ लाख अनुदान, सीडीएस कार्यान्वयनको तयारी, यमनमा २५ नेपाली अलपत्र लगायतका खबर छन् ।
नागरिक दैनिकमा सर्वसाधारण निक्षेपकर्ता फाइदामा, पाण्डेलाई रिहा गर्न महासंघको माग, वैदेशिक रोजगार ब्यवसायी संघमा विवादको नयाँ संस्करण, अर्को वर्ष श्रमशक्ति सर्वेक्षण, अब फेवातालमाथि केबलकार, सीटीसी मलमा सामसङ मोबाइल एक्स्पो लगायतका खबर छन् ।
अभियान दैनिकमा वैशाखदेखि सिलबन्दी कन्टेनरबाट ढुवानी, सिचुवान एयरलाइन्सको नेपालमा पहिलो उडान आज, अध्यक्ष पाण्डेलाई रिहाइ गर्न महासंघको अपील, बसुन्धरा पार्कदेखि शान्तिस्तुपासम्म केबलकार, महालक्ष्मीको सम्पत्ति लिलामीमा विवाद लगायतका खबर छन् ।
आर्थिक दैनिकमा उद्योग वाणिज्य महासंघद्वारा अदालतको अवहेलना, समस्याग्रस्त फाइनान्सको संख्या दर्जन नाघ्यो, नेपाल एयरलाइन्सको नयाँ जहाज अत्यावश्यक सामानबिना नै काठमाडौ आउँदै, नेप्सेमा ६ अंकको सुधार लगायतका खबर छन् ।

eco1

eco2

eco3

eco4

eco5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment