Comments Add Comment

पत्नी र पूर्व पत्नीसँग आमिर खान

aamir-khan-with-2-wife
बलिउड नायक आमिर खान अहिले आफ्नो नयाँ चलचित्र ‘दंगल’को छायांकनमा व्यस्त छन् । तर, उनले आफ्नो व्यस्त सेड्यूलबाट समय निकालेर परिवारलाई समय दिएका छन् । आमिरले परिवारलाई समय दिएको त यो नयाँ कुरा होइन ।

तर, यसपटक आमिरको साथमा उनका दुई वटै श्रीमती साथमा थिए । मुम्बइको एक रेष्टुरेन्टमा देखिएका आमिरको साथमा उनकी पहिली श्रीमती रिना दत्त पनि थिइन् । रिनाको साथमा उनकी छोरी इरा पनि साथमा थिइन् । यस्तै, आमिर र किरणका छोरा आजाद पनि एकसाथ थिए ।

आमिरले उक्त  समयमा मिडियालाई कुनै प्रतिक्रिया त दिएनन्, तर उनको साथमा पूर्व पत्नी पनि देखिनु रोचक कुरा छ । चलचित्र ‘दंगल’मा आमिर खान दुई जना छोरीको पिताको भूमिकामा देखिदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment