Comments Add Comment

महासंघ भन्छ- पोलिथिन झोलामा प्रतिबन्ध नलगाउ

२२ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पोलिथिन झोलामा प्रतिबन्ध नलगाउन आग्रह गरेको छ । वतावरण संरक्षणमा प्लाष्टिक झोलाको प्रयोग समस्या नभई यसको व्यवस्थापन मूख्य समस्या रहेको महासंघको भनाई छ ।

Fncciसरकारले बैशाख १ गतेदेखि काठमाडौं उपत्यकामा प्लाष्टिक झोला बिक्री वितरण र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

सरकारको यस्तो निर्णयले कानूनी इजाजत लिएर सञ्चालनमा रहेका उद्योगहरु डुब्ने महासंघले बताएको छ । वातावरण संरक्षणप्रति प्लाष्टिक उद्योगीसहित सिंगो निजी क्षेत्र पूर्ण सचेत रहेको महासंघको दाबी छ ।

‘समग्र उद्योग व्यवसाय नै संकटबाट गुजि्ररहेको बेलामा हजारौंलाई रोजीरोटी दिएका र अर्बौको लगानी रहेको प्लाष्टिक उद्योगहरु धरासायी बनाउन सक्ने यस्तो निर्णय पुनरावलोकन गर्नुपछ’ महासंद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

यो निर्णयले सरकारको करोडौं राजस्व गुम्नुका साथै यी उद्योगमा लगानी गर्ने बैंकहरुको लगानीमा समेत गम्भीर असर पर्ने महासंघको ठहर छ ।

मुलुकभित्र लगानीको अनुकुल वातावरण छ भन्ने सन्देश राष्ट्रिय अन्तराष्ट्रिय रुपमा दिनुपर्नेमा विभिन्न समस्याबाट चेपुवामा परेका उद्योग व्यवसायमाथि राज्यपक्षबाट अकस्मात गरिने यस्ता निर्णयले नकरात्मक सन्देश दिने महासंघले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment