Comments Add Comment

दुबइमा बल्ल चल्ने भयो ‘कोहिनुर’

kohinoor-sri-krishna-shrestha
प्राविधीक समस्या आएपछि बारम्बार प्रदर्शन मिति सर्दै आएको चलचित्र ‘कोहिनुर’ अब भने दुबइमा देखाइने भएको छ । अप्रिल १७ तारिखमा दुबइको गोल्डेन सिनेमा हलमा यो चलचित्र प्रदर्शन हुने आयोजकले जनाएको छ ।

१७ तारिखमा अपरान्ह १ बजे चलचित्र प्रदर्शन हुने एभरेष्ट इन्टरनेसनल कन्सल्टेन्सीले जनाएको छ । कन्सल्टेन्सीका प्रोपाइटर सालिक सुवेदीका अनुसार नेपालका चलचित्र भवन र दुवइका चलचित्र भवनमा प्रविधी अलग भएकाले चलचित्र देखाउन केही समस्या परेको थियो । तर, अब सम्पूर्ण प्राविधीक समस्या सकिएकाले चलचित्र प्रदर्शन हुने सुवेदीले जानकारी दिएका छन् ।

स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठको निर्माणमा बनेको यो अन्तिम चलचित्र हो । यसले नेपालमा १२ करोड भन्दा माथिको ग्रस व्यापार गरेको थियो । चलचित्र प्रदर्शन अगावै श्रीकृष्णको निधन भएको थियो । श्रीकृष्णको निधन पश्चात यो चलचित्र हेर्न दर्शक हलमा ओइरिएका थिए । यो चलचित्रको माग विश्वका विभिन्न देशबाट पनि भैरहेको छ । नयाँ चलचित्रको लागि लोकेशन हेर्न र ‘कोहिनुर’को औपचारिक कार्यक्रम संचालन गर्नका लागि निर्देशक दिपक खाँड अहिले दुबई पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment