Comments Add Comment

दिल्लीमा सूर्यबहादुर थापाको आन्द्राको शल्यक्रिया सफल

२७ चैत, काठमाडौं । भारतको मेदान्त अस्पतालमा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको आन्द्राको शल्यक्रिया सफल भएको छ । थापाले अझै १५ दिन अस्पतालमै रहनुपर्ने भएको छ ।

surya-bdr-thapaडाक्टरले शुक्रबार बिहानदेखि पाँच घण्टा लगाएर अप्रेसन सफल पारेको दिल्लीबाट थापाका छोरा एवं वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाले अनलाइनखबरलाई बताए ।

पूर्वप्रधानमन्त्री थापाको पेटको ग्यास्ट्रिक टोमी अप्रेसन भएको हो । भारतीय समय अनुसार थापालाई शुक्रबार बिहान साढे ७ बजे अप्रेसन थिएटरमा लगिएको थियो । अप्रेसन दिउँसो साढे १ बजे सकिएको सुनीलले बताए । अप्रेशनमा अस्पतालका ग्याष्ट्रोलोजी डिपार्टका प्रमुख आर एस चौधरीको नेतृत्वमा चिकित्सकहरुको टोली सहभागी थियो ।

‘बुबाको अप्रेसन सफल भएको छ, अहिले उहाँलाई साइसीयुमा सारिएको छ,’ बुबाको हेरचाहमा दिल्लीमै रहेका मन्त्री थापाले अनलाइनखअबरसँग भने,’अब उहााले अस्पतालमा १५ दिन आराम गर्नुपर्ने डाक्टरले सुझाव दिएका छन् ।

आन्द्रामा घाउ भएर रगत बगेका कारण पूर्वप्रधानमन्त्री थापाको अप्रेशन गरिएको हो । शल्यक्रियामार्फत् डाक्टरले आन्द्रा काटेर जोडेका छन् ।

Press-Statement-PMJi-GAstre

पूर्वराजदम्पती पनि आजै दिल्ली जाँदै

यसैवीच पूर्वराजा र पूर्वरानी पनि स्वास्थोपचारका लागि आजै दिल्ली जाँदैछन् । स्वास्थोपचारका लागि जानुपर्ने भएकाले दिल्ली बसाइ कति दिन हुन्छ भन्ने डाक्टरकै सल्लाहमा भर पर्ने पूर्वराजा ज्ञानेन्द्रका निजी सचिव फणिराज पाठकले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment