Comments Add Comment

तस्वीरमा हृयूजको श्रद्धान्जली क्रिकेट म्याचका भावहरू

Hughes-tribute-match-(29)
२८ चैत, काठमाडौं । शनिबार कीर्तिपुरमा आयोजित ६३ ओभरको खेल दिवगंत अष्ट्रेलियन ब्याट्सम्यान फिलिप हृयूज सच्चा श्रद्धान्जली भएको छ ।

झण्डै १५ हजार दर्शकको सहभागिता, रायन कार्टरको टीमको १६३ रनको स्कोर र रोमाच्चक भिन्डन्तले यो खेल हृयूजप्रति श्रद्धान्जलीमा कोशेढुंगा सावित भएको छ ।

क्रिकेट अष्ट्रेलियाका अध्यक्ष वली एडवड्र्स स्वयंम खेल हेर्न मैदानमा उपस्थित थिए । अष्ट्रेलियन क्रिकेटर रायन कार्टरले नेपाल टीम रेडको कप्तानी गरेका थिए भने टीम ब्लुको कप्तान विनोद दासले गरे । पूर्व कप्तान विनोदले यही खेलबाट १७ वर्षे लामो क्रिकेट करियर अन्त्य गरे । 

Binod Das Rerirement  (5)

पहिले ब्याटिङ गरेको टीम रेडले ३३.१ ओभरमा ९ विकेट गुमाएर १६३ रन बनायो । संयोग नै मान्नुपर्छ, ६३ रनमा अविजित रहँदा निधन भएका हृयूजप्रति श्रद्धान्जली दिन आयोजित खेलमा १६३ स्कोर बन्यो ।

उसका लागि शरद भेसवाकरले ५३ बलमा ५२ रनको महत्वपूर्ण पारी खेले । उनले आफ्नो अर्धशतक हृयूजप्रति समर्पित गरेका छन् ।

जवाफमा टीम ब्लूले ३३.३ ओभरमा ८ विकेट गुमाएर १६२ रन मात्र बनाउन सक्यो । महेश क्षेत्रीको ५८ र विनोद दासले ४१ रन बनाएपछि टीम ब्लु जिततर्फ उन्मुख भएको थियो । तर, ३१ औं ओभरमा अष्ट्रेलियाका म्याथु इलियटले तीन विकेट लिएपछि खेलले नाटकीय रुप लियो ।

Hughes-tribute-match-(33)

तर, अन्तिम ३ बलमा टीम ब्लुलाई जितका लागि ५ रन चाहिएको थियो । पहिलो र दोस्रो बलमा १-१ रन बनाएपछि अन्तिम बलमा तीन रन चाहियो ।

क्रिजमा विनोद भण्डारी थिए भने बलिङमा आरिफ शेख । आरिफको बलमा विनोदले एक रन लिएर अर्कोका लागि दौडने क्रममा रन आउट भए र कार्टर नेतृत्वको टीम रेडले १ रनको रोमान्चक जित हात पार्‍यो ।

म्याथु म्यान अफ दि म्याच बने । कार्यक्रममा सर्वोच्च शिखर सगरमाथामा लैजान हृयूजको वन डे र टेष्ट जर्सीका साथै ब्याट हस्तान्तरण गरिएको छ ।

Hughes-tribute-match-(31)

Hughes-tribute-match-(30) Hughes-tribute-match-(32)

Hughes tribute match (1)

Hughes tribute match (2)

Hughes tribute match (4)

Hughes tribute match (6)

Hughes tribute match (7)

Hughes tribute match (8)

Hughes tribute match (9)

Hughes tribute match (10)

Hughes tribute match (11)

Hughes tribute match (12)

Hughes tribute match (13)

Hughes tribute match (14)

Hughes tribute match (15)

Hughes tribute match (16)

Hughes tribute match (17) Hughes tribute match (18)

Hughes tribute match (19)

Hughes tribute match (20)

Hughes tribute match (21)

Hughes tribute match (22)

Hughes tribute match (3)

Hughes tribute match (23)

Hughes tribute match (24)


Hughes tribute match (27) Hughes tribute match (28)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment