Comments Add Comment

संविधानसभा बैठक बैशाख ६ सम्म स्थगित

३० चैत, काठमाडौं । एक साताको स्थगनपछि सोमवार अपरान्ह बसेको संविधासभाको बैठक पनि शोक प्रस्ताव पारित गर्दै टुंगिएको छ ।

फाइल फोटो
फाइल फोटो

संविधान निर्माण प्रक्रिया अघि बढाउन भनेर आह्वान गरिएको बैठक शनिबार निधन भएका एमालेका पूर्व सांसद तथा विभिन्न पार्टी हुँदै एमाओवादीमा पुगेका सलिम मिया अन्सारीको निधनमा शोक प्रस्ताव पारित गर्दै टुंगिएको हो ।

बैठकको शुरुमै सभाध्यक्ष सुवास नेम्वाङले अन्सारीको निधनमा शोक प्रस्ताव पढेर सुनाएका थिए । शोक प्रस्ताव पारित गर्ने बैठकमा विपक्षी एमाओवादी लगायत अन्य दलका सभासद समेत सहभागी थिए ।

यसअघि करिव दुइ महिनाको अन्तरालमा बसेको संविधान सभाको २३ गतेको बैठक पनि एमालेका पूर्व सभासद रामनाथ ढकाल र कांग्रेसका पूर्व सांसद महेन्द्र यादवको शोक प्रस्ताव पारित गर्दै टुंगिएको थियो ।

एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले संविधान निर्माणको प्रक्रिया अघि बढाइने भनेपछि संविधानसभाको बैठक बहिस्कार गर्दै आएका थिए । संविधानसभाका अर्को बैठक २०७२ बैशाख ६ गते बस्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment