Comments Add Comment

जाजरकोटका स्वास्थ्यकर्मीलाई स्वाईन फ्लू पुष्टि

बी. बी. गिरी
७ वैशाख, जाजरकोट । महामारी प्रभावित जाजरकोटको पैंक गाविसमा बिरामीको उपचारमा संलग्न एक स्वास्थ्यकर्मीलाई नै स्वाईन फ्लु पुष्टि भएको छ । प्रकोपस्थलमा बिरामी परेका अहेब रामकृष्ण गिरीलाई स्वाईन फ्लु पुष्टि भएको हो ।

Ramkrishna Giri, Jajarkot, swine flue

  • शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत रामकृष्ण गिरी

बैशाख १ गते बिरामीको उपचार गर्दा गर्दै गिरी बिरामी परेका थिए । पैंक स्वास्थ्य चौकीका इन्चार्ज समेत रहेका गिरीलाई जिल्लामा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौं लगिएको थियो ।

उनको स्वास्थ्य परिक्षणमा एच वान एन वान संक्रमण पुष्टि भएको हो । आफूलाई स्वाईन फ्लु भएको पुष्टि भएको गिरीले टेलिफोनमा जानकारी दिएका छन् । उनको स्वास्थ्य अवस्था सामान्य छ ।

जाजरकोटमा एक महिनायता फैलिएको स्वाइन फ्लु संक्रमणको कारण मृत्यु हुनेको संख्या २४ पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment