जब कुनै कार्यक्रममा एकसाथ दर्जन नायिका उपस्थित हुन्छन्, त्यसमा उनीहरुको पहिरनदेखि क्रियाकलापका बिषयले महत्वपूर्ण स्थान पाउँछन् । यसमाथि पनि चलचित्र क्षेत्रमा चिनिएका अनुहारहरुको उपस्थितीले यस्तो माहोल खडा गरिदिन्छ ।
कुनै अवार्ड समारोह भन्दा कम नलाग्ने गरि आयोजना गरिएको चलचित्र ‘अधकट्टी’को एल्बम बिमोचनमा दर्जन बढी नायिकाहरु सहभागी थिए । यसकारण पनि यो जमघटमा नायिकाहरुको आकर्षक पहिरन लगाउने तछाडमछाड त एकातिर छदै छ, अर्कोतिर उनीहरुमा विभाजन पनि देखियो । सबै नायिकाको सम्बन्ध एक अर्कासँग सुमधुर नरहेको प्रष्ट भयो ।
कार्यक्रममा नायिका प्रियंका कार्की, नम्रता श्रेष्ठलाई गर्मीले छोएको वुझ्न गाह्रो पर्दैनथ्यो । नीता ढुंगाना, शिल्पा पोख्रेलको पहिरनले धेरैको ध्यान तानेन ।
चलचित्रका मुख्य दुई नायिका अशिष्मा नकर्मी र रिस्ता बस्नेत आफूलाई आकर्षक देखाउन हरदम कोशिशमा देखिए । तर, धेरै नायिकाको जमघट भएकाले चलचित्रका मुख्य दुई नायिकाको स्थान केही ओझेलमा पर्यो । तर, उनीहरुले स्टेजमा पनि नृत्यको मार्फत आगो बालेका थिए ।
कार्यक्रममा आएर पनि ओझेलमा परे, दुई सुन्दरी सगुन शाही र सुरविना कार्की । मिडियाको क्यामेरामा पोज दिनु बाहेक उनीहरुको उपस्थिती केका लागि थियो, वुझ्न गाह्रो भयो । एल्बम बिमोचनमा देखिएपनि नायिका हर्षिका श्रेष्ठ अन्य नायिकासँग खासै हेलमेलमा देखिइनन् ।
उनको पहिरन पनि आकर्षक थिएन । अब, नायिकाहरुको अर्की नायिकासँगको सम्बन्धको कुरा गरौ । नायिका निता ढुंगाना झरना थापासँग मात्र नजिक देखिइन् । उसो त निताले आफ्नो चलचित्र क्षेत्रमा खासै धेरै नायिका साथी नभएको बताएकी पनि छिन् ।
तर, झरना र निताको दोस्ती लोभलाग्दो थियो । नायिका प्रियंका कार्की सबै नायिकासँग नजिकिन खोजेपनि नम्रता श्रेष्ठसँग निकट देखिइन् । नम्रतालाई भने करिश्मासँग एकसाथ देखियो ।
नायिका शिल्पा पोख्रेल भने करिश्मा मानन्धर बाहेक अन्यसँग बोलेको देखिएन । कार्यक्रम सकिए लगतै उनी करिश्माको साथमा नै हलबाट निस्केकी थिइन् । नायिका ऋचा शर्माले यो भिडमा सहकर्मी नायिकाको अभाव महशुश गरिन् । उनी एक्लै दौडिरहेकी थिइन् । तर, ऋचा नायिका निता ढुंगानाको साथमा गफिएको दृश्य पनि रमाइलो थियो ।
कलाकार दिपाश्री निरौला पनि आफ्नै साथी दिपकराज गिरीसँग निकट देखिइन् । अन्य नायिकासँग उनको जोडी जमेको देखिएन । उनको पहिरन पनि तारिफ गर्न योग्य थिएन । निर्माता प्रदिप उदय र निर्देशक सुव्रत आचार्यले उत्कृष्ट कार्यक्रमको आयोजना गरे ।
तर, नायिकाहरुमा देखिएको एक अर्काप्रतिको शितयुद्धले एल्बम बिमोचनका क्रममा स्टेजमा नक्कली मुस्कान देखिएपनि त्यो लामो समयसम्म टिकेन ।