Comments Add Comment

‘सुन तस्करी र जग्गामा कालो धन’

सलमान खान

८ वैशाख, भैरहवा । अवैध तरिकाले सम्पत्ति आर्जन गर्नेहरुले सुन तस्करी र जग्गा कारोबारमा लगानी गरिरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले निष्कर्ष निकालेको छ । कालो धनलाई सेतो बनाउने उद्देश्यले अवैध सम्पत्ति सुन र जग्गामा प्रयोग भैरहेको विभागको ठहर छ ।

Kebal-Prasad-Bhandari-Rupan

विभागका महानिर्देशक केवलप्रसाद भण्डारीले मंगलबार रुपन्देहीमा आयोजित अन्तरक्रियामा भने, ‘अहिले मुलुकमा अवैध रुपमा कमाएको सम्पत्ति विशेष गरी सुन तस्करी र जग्गा कारोबारमा लगाइ राजश्व छल्ने काम भइरहेको अनुसन्धानमा हामीले पाएका छौं ।’

विभिन्न व्यक्तिहरुले जग्गामा लगानी गरी अकुत सम्पत्ति कमाए पनि जग्गाको मूल्याङ्कन कम देखाएर राजश्व छली गरिरहेको उनले बताए । ‘महंगो मूल्यमा जग्गा खरिद गरी सरकारलाई सस्तो रकमको जग्गा खरिद गरेको देखाइ माफियाहरुले कालो धनलाई सेतो बनाइरहेका छन्,’ महानिर्देशक भण्डारीले बताए ।

आतंकवादमा वित्तीय लगानी गर्ने, लागुऔषध कारोबार गर्ने, अपरहण, चेलिबेटी बेचबिखन, फिरौती, सिमाबाट तस्करी, माफिया संचालन, हुन्डी व्यापार गर्नेलगायतमा केन्दि्रत रहेको भन्दै भण्डारीले यसको अनुसन्धानमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका निर्देशक रामहरि ज्ञवालीले नेपालमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी व्यवस्था र विभागको कार्य प्रक्रियाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment