Comments Add Comment

राष्ट्र बैंकमै नयाँ चेक नभएपछि साउनदेखि मात्रै प्रयोगमा

nepal rastra bank११ वैशाख, काठमाडौ । निजी लगानीका बैंकले एमआईसीआर (म्याग्नेटिक इंक क्यारेक्टर रिकग्निसन) चेक तयार गरे पनि राष्ट्र बैंक आफैले छाप्न ढिला गर्दा नयाँ चेक अभाव भएको छ ।

राष्ट्र बैंकले वैशाख १ गतेदेखि अनिवार्य रुपमा एमआईसीआर चेक प्रयोग गर्न बैंक, वित्तीय संस्थालाई निर्देशन दिइसकेको थियो ।

केन्द्रीय बैंकसँगै त्यस्तो चेक नभएपछि अनिवार्य प्रयोग मिति पछि धकेलिएको रहस्य खुलेको छ । राष्ट्र बैंकले वैंक, वित्तीय संस्थालाई एमआईसीआर चेक प्रयोग गर्न तीन पटक दिर्नेशन दिइसकेको नागरिक दैनिकमा खबर छ ।

अन्य संस्थालाई पटक पटक निर्देशन दिने उसँगै नयाँ चेक नभएपछि कार्यान्वयन मिति पछि सारेको स्रोतले बतायो ।
राष्ट्र बैंकले वैशाखदेखि नै साधारण चेक विस्थापित गरी एमआईसीआर प्रयोगमा ल्याउन निर्देश गरेको थियो । अहिले साउनदेखि अनिवार्य प्रयोग गर्नुपर्ने गरी निर्देशन जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment