Comments Add Comment

भूकम्पको त्रासले मानसिक समस्या बढ्यो

२२ वैशाख, काठमाडौ । वैशाख १२ गतेको महाभूकम्प र त्यसपछि लगातार गइरहेको पराकम्पनले सर्वसाधारणमा मानसिक रोगको समस्या देखिन थालेको छ ।

महाभूकम्पछि महामारी फैलिने हल्लासँगै १० लाख भन्दा बढीले राजधानी छाडिसकेका छन् भने बालबालिकादेखि बयस्कसम्म मानसिक समस्या बढेको चिकित्सकहरु बताउँछन् । मानसिक रोगको तत्काल उपचार सम्भव नभएकाले सरकारले आवश्यक ध्यान पुर्याउनुपर्ने मानसिक रोग विशेषज्ञहरुको सुझाव रहेको कारोबार दैनिकमा खबर छ ।

दैवी विपत्सिँगै भयावह देखेका र अनुभव गरेका तथा टेलिभिजन र पत्रपत्रिकामा बिभत्स दृष्य तथा समाचार हेरेका सर्वसाधारणमा मानसिक रोगका विभिन्न किसिमका समस्या देखिन थालेका छन् । पटक-पटक भूकम्पको अनुभव गरेका सर्वसाधारणमा स्थिर अवस्थामा पनि पटक पटक भूकम्पको धक्का महसुु भइरहने, निद्रा नलाग्ने, टोलाउने र मानवीय क्षतिसहित विपत्तिलाई आफ्नो आँखाले प्रत्यक्ष देखेकाहरु चिच्याउने जस्ता समस्या देखिन थालेका छन् ।

कुपण्डोलमा बस्ने दोलखाकी १२ वर्षीया रेश्मा खड्का एक्लै बस्दा स्थिर अवस्थामा पनि भूकम्प गयो भन्दै आत्तिने गर्छिन् । उनका परिवारले भूकम्पको पटक पटकको झड्काले तर्सिएर त्यस्तो भएको बताएका छन् । तर मानसिक रोग भएकोबारे अनभिज्ञता प्रकट गरे ।

काठमाडौ विश्वविद्यालयका प्राध्यापक तथा ओम अस्पतालका मानसिक रोग विशेषज्ञ डा. पुष्प शर्माले विपत्तिपछि यस्ता किसिमका समस्या अन्य मुलुकमा पनि देखिने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment