Comments Add Comment

स्वास गन्हाउँछ ? अपनाउनुहोस् यी ६ कुरा

bad-breath-0स्वास गन्हाउने समस्या केवल शारीरिक स्वास्थ्य समस्या मात्र रहँदैन, यसबाट मानसिक पीडा पनि पैदा हुन्छ । स्वास गन्हाउने मानिससँग अरु नजिक पर्न चाहँदैनन् र सिधा अनुहार पारेर कुराकानी गर्न पनि चाहँदैनन् । त्यसैले यो व्इवसायिक तथा सामाजिक जिवनका लागि पनि पीडादायक हुन्छ । स्वास गन्हाउनुका विभिन्न कारण हुनसक्छन् । पेटमा गडबडी, मुखमा संक्रमण, स्वासनलीमा संक्रमण आदि । स्वास गन्हाउने समस्याबाट मुक्ति पाउने केही उपाय यस्ता छन्-

-मुख सुख्खा हुँदा मुखभित्र ब्याक्टेरिया ठूलो संख्यामा बढ्न पुग्दछन् । जसले मुख गन्हाउने समस्या पैदा गर्छ । त्यसैले पर्याप्त पानी पिउनुस् जसका कारण मुखमा अडि्कएको खानेकुरा पखालिन्छ, र्यालको उत्पादन पनि पर्याप्त हुन्छ र ब्याक्टेरिया पैदा हुने र बढ्ने जोखिम घट्दछ ।

– चिनी नभभएको चुइंगम चपाउनु पनि लाभयदायक हुन्छ । चुइंगम चपाउँदा मुखमा सेलिभा अर्थात् र्याल उत्पादनमा पनि बढोत्तरी हुन्छ । साथै दाँतको चेँपमा अडि्कएका खानेकुरा समेत बाहिर निस्कने र मुख सफा हुने भएकाले ब्याक्टेरिया फैलिन पाउँदैनन् ।

– दाँत राम्रोसँग सफा गर्नुमात्र पर्याप्त होइन । जिब्रो पनि राम्रोसँग सफा गर्नुपर्छ । कम्तिमा २ पटक जिब्रो सफा गर्नुपर्छ ।

– प्याज तथा लसुनको सेवन स्वास गन्हाउने समस्याका लागि झनै हानिकारक हुन्छ । त्यसैले प्याज तथा लसुन धेरै सेवन गर्नु हुँदैन । प्याज तथा लसुन खाने बित्तिकै मुख सफा गर्नुहोस् । अदुवा चपाउने वा चुइंगम चपाउने गर्नुपर्छ ।

– हरेकपटक खाना खाइसकेपछि राम्रोसँग मुख कुल्ला गर्ने र सम्भव भएसम्म माउथवासले सफा गर्नुहोस् । यसले मुखका विभिन्न चेँपमा अडि्कएका खानेकुरा बाहिर निस्किन्छन् र मुखभित्र ब्याक्टेरिया बढ्न पाउँदैन ।

– वर्षमा कम्तिमा दुइपटक दन्त परिक्षण गराउनुहोस् । दाँत किराले खाएको अर्थात् क्याभिटी बनेको छ भने त्यसको उपचार तत्कालै गरिहाल्नुहोस् । दाँतमा क्याभिटी बनेमा स्वास गन्हाउने समस्या बढि हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment