Comments Add Comment

भूकम्प पीडितलाई होटल संघको १५ लाख सहयोग

Han-Rahat
३ जेठ, काठमाडौं । विनशाकरी भूकम्प प्रभावितलाई होटल संघ नेपालले १५ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ । उक्त रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको छ ।

संघका अध्यक्ष बीके श्रेष्ठले उक्त रकम बरारबरको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरे । सोही अबसरमा संघले भक्तपुर तथा काभ्रेपलाञ्चोकका जिल्लाका ६ सय परिवारलाई करिब २० लाख मूल्य बराबरको पाल, खाद्य सामग्री तथा औषधि वितरण गरिसकेको जानकारी गरायो ।

आगामी दिनमा नेपाल आउने विदेशी प्राविधिक टोलीलाई संघको तर्फबाट २० लाख बराबरको कोठा (बास) निःशुल्क उपलब्ध गराउने अध्यक्ष श्रेष्ठले बताए । विपतको घडिमा आफ्ना सम्पूर्ण सदस्यहरुको तर्फबाट सरकारलाई हरसम्भवको सहयोग गर्न तत्पर रहेको उनको भनाई थियो ।

प्रधानमन्त्री कोइरालाले भूकम्पको असरबाट पर्यटन क्षेत्रलाई मुक्ती दिलाउन सरकारले हरसम्भव प्रयास गर्ने आश्वासन दिए ।

चेक हस्तान्तरण कार्यक्रममा संघका पूर्वअध्यक्ष प्रसिद्धबहादुर पाण्डे, प्रथम उपाध्यक्ष अमरमान शाक्य, महासचिव विनायक शाह, कानुनी सल्लाहकार गान्धी पण्डित र कार्यकारी निर्देशक प्रवेश अर्यालको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment