Comments Add Comment

पीपलडाँडामा चर्पी बनाउँदा ‘धुर्मुस’को अनुभव-‘सन्तान गुमाएकाको सन्तान जस्तै भयौ’

sitaram-kattel
वैशाख २९ गते महाभूकम्प गएपछि हाँस्य कलाकारहरुको टोली सिन्धुपाल्चोकको पीपलडाँडातर्फ लागेको थियो । त्यहाँ अहिले उनीहरुले चर्पी बनाइरहेका छन् । कलाकार सिताराम कट्टेल, कुञ्जना घिमिरे, सगुन डटकमको टोली र हाँस्य सिरियल ‘भद्रगोल’को टिम गरेर करिब २० जना त्यहाँ पुगेका हुन् ।

भूकम्प गएकोे भोलीपल्ट सिन्धुपाल्चोक पुगेका कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले त्यहाँ देखेका दृश्यलाई आफ्नै भाषामा यसरी व्यक्त गरेका छन् :

हाम्रो टोली वैशाख २९ गते आएको भूकम्पको दोश्रो दिन सिन्धुपाल्चोकको पीपलडाँडा पुग्दा भूकम्पका पराकम्पनहरु रोकिएका थिएनन् । बाटो पुरै खाली थियो । जताततै डर र त्रास मात्र थियो । हामी त्यो कठिन यात्रामा निस्केको देखेर त्यहाँका बासिन्दा भावूक बनेका थिए ।

उनीहरुले यस्तो कहाली लाग्दो यात्रा गरेकोमा छक्क पर्दै धन्यवाद दिए । त्यसपछि हामी चर्पी अभियान लिएर पीपलडाँडा पुग्यौ । हामी त्यहाँ पुग्दा त्यस बस्तीका सबै मानिस भावशून्य जस्तै देखिएका थिए । हामी त्यहाँ पुगेपछि उनीहरुले भगवान् आए जस्तो सम्मान गरे । sindupalchok
बिहान ५ बजेदेखि बेलुका ११ बजेसम्म हाम्रो टोली राज्य नपुगेको त्यो बस्तीमा चर्पी निर्माणमा खटेको देखेर त्यहाँका बासिन्दा पनि पीडा लुकाएर हाँस्न थाले । चर्पी खन्दा खन्दै गएको भूकम्प र भत्किएका ढिस्काहरुको समेत प्रवाहा नगरि हामी चर्पी अभियानमा लाग्दा हामीलाई वुद्धादेखि बालकले सहयोग गरे ।

भूकम्प गएपछि सन्तान गुमेकाहरुका लागि हामी सन्तान जस्तै भयौ । स्थानिय एक बृद्धको साथमा एउटै विस्तारामा सुत्दा मेरो मन आनन्दित भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment