Comments Add Comment

‘काठमाडौंका भूकम्प पीडितलाई क्याटरिङमा सारौं’

Tudikhel shelter (4)

राजकुमार श्रेष्ठ

७ जेठ, काठमाडौं । विनाशकारी भूकम्पपछि टुँडीखेल, रंगशालासहितका खाली ठाउँहरुमा त्रिपाल टाँगिएका छन् । भूकम्पले घर भत्किएपछि घरबारबिहीन भएकादेखि भाडाको कोठामा बस्दै आएकाहरु समेत त्रिपालमुनि आइपुगेका छन् ।

केही सिन्धुपाल्चोकलगायतका जिल्लाहरुबाट समेत आएका छन् । भूकम्पको त्रासले घर छाडेर त्रिपालमा बस्न आएका धेरै परिवार भने अहिले फर्किसकेका छन् ।

नेपाली सेनाका अनुसार टुँडिखेलमा मात्र अहिले ३ हजार बढी मानिस आश्रय लिइरहेका छन् । थपघट हुने क्रम जारी छ । सिन्धुपाल्चोक लगायतका जिल्लाबाट समेत प्रभावितहरु आएका छन् । भूकम्पको त्रास बढेको दिन त्रिपालमुनि बस्न आउनेहरुको संख्या बढ्ने गरेको छ ।

सरकारले भूकम्प प्रभावितहरुका लागि अस्थायी आवास बनाउन जस्तापाता किन्न भनेको छ । र, त्यसका लागि १५ हजार रुपैयाँ पनि दिने निर्णय गरिसकेको छ । तर, काठमाडौंका त्रिपालमुनि बसेकाहरुलाई भने उसले सम्बोधन गर्न सकेको छैन ।

भएको घर भत्कियो या बस्न नसकिने अवस्था छ । त्यो ठाउँमा अस्थायी आवास बनाउन सक्ने अवस्था र जग्गा छैन । नयाँ बनाउन समय लाग्छ । त्यो काम गर्न छिटोमा भदौसम्म लाग्न सक्छ । अझ ८/९ महिना पनि लाग्न सक्छ । यस्तो बेलामा त्रिपालमा बस्नेहरुको अर्को विकल्प छैन ।

वषर्ायाम सुरु हुन लागिसक्यो । कतै कोठाभाडामा खोजेर बस्न पनि तत्कालै भेटिने अवस्था छैन । कतै वषर्ायाममा पनि त्रिपालमुनि नै बस्नु पर्ने हो कि भन्ने चिन्ताले काठमाडौंका भूकम्प प्रभावितहरुलाई सताउन थालेको छ ।
सरकारी तथ्यांकअनुसार भूकम्पले काठमाडौंमा मात्र झण्डै ३७ हजार घर भत्किएका छन् भने ५१ हजारमा क्षति पुगेको छ ।

कहिलेसम्म राख्ने त्रिपालमुनि ?

विज्ञहरुलेे काठमाडौंमा भूकम्पबाट विस्थापितहरुलाई अब लामो समय त्रिपालमुनि राख्न नहुने सुझाव दिएका छन् । सकेसम्म मानिसहरुलाई तत्काल ट्रान्जिसन सेन्टरहरुमा लैजानुपर्छ । पूर्वसचिव किशोर थापाले भने-त्रिपालमा धेरै राख्नुहुँदैन । मलाई लाग्छ, अब एक हप्ता भन्दा राख्नै हुँदैन । टुँडिखेलबाट सेफ ठाउँमा लैजानुपर्छ ।’

काठमाडौंका भूकम्प प्रभावितलाई राख्न पार्टी प्यालेसहरुलाई सरकारले प्रयोग गर्न सकिने विकल्प अघि सारिएको छ । यसले भूकम्प प्रभावितलाई पानीबाट जोगाउँछ भने उनीहरुको जीवन केही भएपनि सहयोग पुग्नेछ । पूर्वअर्थ सचिव रामेश्वर खनालले अनलाइनखबरसँग भने-पानीबाट बच्ने र सुरक्षित बस्न सक्ने गरी सरकारले पार्टी प्यालेसहरु भाडामा लिने र केही परिवारलाई राख्नुपर्छ ।’

अर्का पूर्वसचिव थापाले पनि अरुबेला भोज भत्तेर खान बनाइएका पार्टी प्यालेसहरुलाई सरकारले केही महिनाका लागि भाडामा लिएर त्यहाँ भूकम्प पीडितहरुलाई राख्नुपर्ने बताए ।

सरकारसँग तथ्यांक छैन

भूकम्पबाट घरबारबिहीन भएकाहरु अहिले टुँडिखेलमा मात्र ३ हजार ४ सय १६ जना छन् । रंगशालामा केही परिवार छन् । नारायणहिटी, संविधानसभा भवन नयाँ बानेश्वर, प्रज्ञा भवन, बौद्धलगायतका स्थानमा त्रिपाल टाँगेर मानिसहरु बसेका छन् ।

तर, उनीहरुको यकिन संख्या सरकारसँग छैन । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले काठमाडौंमा कति परिवार विस्थापित छन् भन्ने तथ्यांक नरहेको स्वीकार गरे । उनीहरुलाई वर्षादको समयमा कसरी सुरक्षित रुपमा राख्ने भन्ने कुनै योजना समेत बनिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment