Comments Add Comment

अढाइ सय वर्ष पुरानो बजार केही सेकेण्डमै ध्वस्त

Ramechap1

  • भुकम्पले ध्वस्त भएको ठोसे बजारको एक घर

नवराज पथिक

८ वैशाख, रामेछाप । वैशाख १२, १३ र २९ गते आएको विनासकारी भुकम्पको कारण रामेछाप जिल्लाको ऐतिहासिक ठोसे बजार ध्वस्त भएको छ । भुकम्पले ठोसे बजारका सबै घरहरु भत्किएका छन् ।

नेपाल र भोटको लडाइर्ँको बेलामा स्थानीय फलामखानीबाट फलाम उत्पादन गरी दैनिक ९ नाल बन्दुक उत्पादन गरी काठमाडौँ पठाउने ठोसे बजार भग्नावशेषको रुपमा परिणत भएको छ ।

ठोसे बजारमा रहेका करिव १ सय ५०  वटा घर मध्ये अब कुनै पनि घर बाँकि नरहेकेा स्थानीय गौतम श्रेष्ठले बताए । ठोसे बजारमा विक्रम संवत  १८३३ बाट बसोबास सुरु भएको इतिहाँस छ ।

भुकम्पको कारण १८३३ मा डिट्ठा भक्तबहादुर कार्कीले बनाएको बजारकै पहिलो घर पनि भत्किएको छ । सो घरमा उनका नाति भुवनबहादुर कार्कीको परिवार वस्दै आएको थियो ।

भुकम्पले ध्वस्त भएको ठोसे बजार
भुकम्पले ध्वस्त भएको ठोसे बजार

स्विडेनबाट ल्याएका मेशिनबाट फलाम प्रशोधन गरी बन्दुक लगायतका विभिन्न हतियार बनाएर भेाटको लडाइँमा सहयोग गर्ने ठोसे बजार रामेछाप जिल्लाको पुरानो र इतिहाँस बोकेको बजार हो ।

रामेछापको उत्तरी क्षेत्र र सगरमाथाको प्रवेशद्वारको रुपमा रहेको ठोसे बजारबासीहरु अहिले घरबार विहिन भएका छन् ।

१२ र १३ गते आएको भुकम्पको कारण सामान्य क्षति भएको ठोसे बजारमा २९ बैशाखमा आएको भुकम्पले सबै घरहरु भत्काएको थियो ।
भग्नावशेष बनेका घरहरुबाट सेनाले अहिले स्थानीयको सामान निकाल्न सहयोग गरि रहेको छ ।

अब ठोसे बजारलाई आधुनिक बजारको रुपमा विकास गर्नु पर्ने माग पनि स्थानीयको रहेकेा छ । बजार व्यवस्थापनको लागि राज्यले सहयोग गर्नुपर्ने स्थानीयको माग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment