Comments Add Comment

कुरुप बन्यो नेपालको स्वीट्जरल्याण्ड जिरी

Jiri (6)

८ जेठ, काठमाडौं । नेपालको स्वीजरल्याण्डका रुपमा परिचित पर्यटकीय नगरी दोलखाको जिरी बजार बिनासकारी भूकम्पले कुरुप बनाएको छ । यसै वर्षमात्रै नगरपालिका घोषणा भएको यो सुन्दर शहर काठमाडौंबाट १ सय ८८ किलोमिटरको दू्रीमा पर्छ ।

बैशाख १२ को भूकम्पबाट बचेको जिरीलाई २९ गतेको भूकम्पले खण्डहर बनाएको स्थानीय व्यवसायी सोनाम शेर्पाले जानकारी दिए । जिरीको मुख्य व्यवसाय नै पर्यटन भएको सुनाउँदै भूकम्पले आम्दानीको स्रोत नै गुमेको शेर्पाले दुखेसो पोखे ।

‘सबै होटलहरु भत्किएका छन् । सम्पदाहरु ढलेका छन् । सगरमाथा आरोहण स्थगित भएको छ’ शेर्पाले भने- आम्दानी भए भत्किएका घर त बन्थे, तर आम्दानी हुने बाटो नै बन्दजस्तै भइदियो ।’

सगरमाथा पदयात्राको सुरुवाती ठाउँ हो, जिरी । यहाँबाट ९ दिन पैदल हिँडेर सगरमाथाको बेसक्याम्प पुगिन्छ । जुन रुटमा धेरै विदेशी पर्यटकहरु हिँड्ने गर्ने ।

तीनतिर हल्का उठेका हरियाली पहाडका बीचमा घाँसे मैदानमा अवस्थित यो सुन्दर नगरी विदेशीमात्रै होइन, स्वदेशी पर्यटकहरुको पनि रोजाइको गन्तव्य मानिन्छ ।

Jiri (12)

सिजनमा मासिक १५ सय देखि २ हजार विदेशी पर्यटक आउने जिरीमा रहेका २ सय बढी घरमध्ये ६० प्रतिशत अर्थात १ सय ३० घरमा होटल व्यवसाय सञ्चालित थिए । जिरीलाई पहिलेकै अवस्थामा र्फकन अब १० वर्ष लाग्ने उनले जानकारी दिए ।

दोलखाका ९८ प्रतिशत घर काम नलाग्ने

भूकम्पका कारण दोलखाका ९८ प्रतिशत घरहरु कामै नलाग्ने अवस्थामा पुगेका छन् । जिल्लामा कूल ५७ हजार घरधुरी रहेकोमा ५५ हजार घरहरु कामै नलाग्ने अवस्थामा पुगेको जिल्लौ दैवी प्रकोप उद्दार कोषले जनाएको छ । हालसम्म भूकम्पका कारण १ सय ६४ दोलखाबासीले ज्यान गुमाएका छन भने ६ सय ६ जना घाइते भएका छन् ।

Jiri (14)

चरीकोट पनि ध्वस्त

सदरमुकाम चरीकोट बजार पनि भूकम्पका निकै प्रभावित भएको छ । कच्ची घरहरु ढले पनि धेरै पक्की घरहरु भने ठाडै देखिन्छन । तर, चर्किएका कारण धेरै पक्की घरहरु बस्न योग्य छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment