Comments Add Comment

पूर्वाधार निर्माणमा जाइकाले सघाउने

१२ जेठ, काठमाडौं । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइकाका) अध्यक्ष अकिहिको तानाकाले भेटेर शिक्षा, स्वाथ्यलगायतका पूर्वाधार निर्माणमा नेपाललाई सघाउन जाइका इच्छुक रहेको बताएका छन् ।

अर्थमन्त्री डा रामशरण महतसँगको भेटमा जाइका अध्यक्षले भूकम्पपछिको पुनःनिर्माणमा ठूलो सहायता रकम जुटाउनुपर्ने भएकाले त्यसनिम्ति नेपाल सरकारले आयोजना गर्न लागेको  सहायता सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे ।

नेपालको आवश्यकता र प्राथमिकताअनुसार जाइकाले सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गरेको  मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री डा महतले आगामी असार १० गते नेपाल सहायता सम्मेलन आयोजना गरिने जानकारी दिँदै उक्त सम्मेलनमा जापान सरकारको तर्फबाट उच्च नेतृत्वको सहभागिता नेपालले अपेक्षा गरेको बताए । उनले भूकम्पले नेपालका निजी घर तथा सम्पत्ति, सरकारी कार्यालय, अस्पताल, विद्यालय, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सम्पदामा ठूलो क्षति पुर्याए पनि सरकार तिनलाई चाँडै  पुनःनिर्माण गर्ने र अझ  व्यवस्थित तुल्याउन दृढ रहेको बताए ।

भूकम्पले नासिएका संरचना पुनःनिर्माणका लागि मित्रराष्ट्र तथा दातृ निकायबाट ठूलो सहयोगको अपेक्षा नेपालले गरेको बताउँदै उनले भने, ऋणभन्दा अनुदान र सामानभन्दा नगदमा सहायता चाहिएको छ । ”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment