Comments Add Comment

छुट्टिएर कलाकारले काम गर्दा जितुको यस्तो अनुभव, नेतृत्व कसले गर्ने ?

jitu-nepal
विनाशकारी भुकम्पछि नेपालका कलाकर्मी पनि राहत वितरण र पूननिर्माणमा जुटिरहेका छन् । केही कलाकारलाई छाड्ने हो भने धेरैको काम तारिफयोग्य छ । कपितयले आफ्नै गोजीबाट रकम निकालेर काम गरिरहेका छन् भने कपितयले अरुले दिएको राहतलाई पीडित समक्ष पुर्‍याएका छन् ।

तर, कलाकारहरुले अलग भएर काम गरिरहेका छन् । आ-आफ्नो समुह बनाएर राहत वितरण र पूननिर्माणमा कलाकारहरु लागेको देखिन्छ । चलचित्र क्षेत्रलाई नेतृत्व दिने मानिसको अभाव अहिले देखिएको छ ।

केही दिन अगाडि आयोजना गरिएको एक कार्यक्रममा कलाकार जितु नेपालले कलाकारहरु अलग भएर काम गर्दाको अनुभव सुनाए । उनले भने-‘पल्लो गाउँमा घर बनाइदिदा वल्लो गाउँका मानिस कलाकारसँग रिसाएका छन् । त्यसको बनाउने, मेरो नबनाउने भनेका छन् । कलाकार भएपछि मिलेर काम गरौ ।’

उनले अहिलेसम्म कलाकारले अलग भएर काम गरेको तर अब एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता औलाएका थिए । कलाकारहरुले एक भएर काम गर्दा हरेक कुरा संभव भएको उनको भनाई थियो ।

तर, अहिले कलाकारहरुलाई एक गराएर नेतृत्व गर्ने नेतृत्वकर्ताको अभाव प्रष्ट रुपमा देखिएको छ । ‘हामीले गर्‍यौ है भन्दा पनि मैले गरे है’ भन्ने प्रवृत्ती देखिएको केही चलचित्रकर्मी बताउँछन् ।

केही दिन अगाडि चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राइले चाउचाउ बाँडेको सेल्फी खिचेर चलचित्र क्षेत्रको बेइज्जत कलाकार नै गरेको आरोप लगाएका थिए । अब चलचित्रकर्मीलाई एक बनाएर पूननिर्माणको कामको नेतृत्व कसले गर्ला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment