Comments Add Comment

मलालामाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका ८ छुटे

२२ जेठ, काठमाडौं । नोबल शान्ति पुरस्कार विजेता पाकिस्तानकी मलाला यूसुफजाइएमाथि आक्रमण गरेको अभियोगमा जेलमा रहेका ८ जनालाई अदालतले रिहा गरेको छ ।

Malalaमलालामाथि आक्रमण गरेको आरोपमा १० तालिबानी लडाकूलाई २५ वर्षको सजाय सुनाइएको अप्रिलमा पाकिस्तानी अधिकारीहरुले बताएका थिए ।

तर, अदालतमा चलेको सुनुवाइपछि दुई जना मात्र जोषी ठहरिएको र ८ जना छुटेको विश्वस्त सुत्रले बताएको बीबीसीले जनाएको छ ।

गोप्य रुपमा भएको सुनुवाइमाथि प्रश्न उठेको छ । अदालतको फैसला आएको एक महिनापछि फैसला पढ्न पाइएको छ । जसमा गोली चलाउने र आक्रमणको आदेश दिनेलाई दोषी ठहर गरिएको उल्लेख छ ।

तालिबान प्रभावित क्षेत्रमा किशोरी शिक्षाको अभियान चलाएकी मलालामाथि २०१२ मा आक्रमण भएको थियो । लामो उपचारपछि उनी ठिक भएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment