Comments Add Comment

पेस्तोलसहित पक्राउ परेका बाघेलाई बारपाकबासीले प्रहरीबाटै खोसे

२३ जेठ, गोरखा ।दुईवटा पेस्तोलसहित पक्राउ परेका बारपाकका स्थानीय गुण्डा धनबहादुर घले ‘बाघे’ लाई त्यहाँका केही युवाले बल प्रयोग गरी प्रहरी नियन्त्रणाबाट खोसेका छन् ।

बारपाक ४ स्थायी घर भएका बाघेलार्इ हतियारसहित पक्राउ गरेको अाधा घन्टामै स्थानीय युवाले बल प्रयोग गरी प्रहरी नियन्त्रणबाट मुक्त गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।

अबैध हतियारसहित हिड्ने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको सादा पोशाकको टोलीले बाघेलाई पक्राउ गरेको थियो ।

पक्राउ गरलगत्तै उच्छृङ्खल युवाले प्रहरीले प्रयोग गरेको बा२झ ९०९ नम्बरको गाडी तोडफोड गरी बाघेलाई नियन्त्रणमुक्त गरेका थिए । उनीहरुले प्रहरीमाथि कुटपीट समेत गरेका थिए ।

स्थानीयको आक्रमणबाट जोगिन प्रहरी बारपाकमा उद्धारमा खटिएको नेपाली सेनाको शिविरमा पुगेका थिए ।

‘ती प्रहरीमाथि आक्रमण गर्न स्थानीयले सेनाको शिविरमा दिनभर घेराबन्दी गरे’ नाम नखुलाउने शर्तमा एक स्थानीयले भने, ‘तर सुरक्षाकर्मीले भींड हटाउन सकेनन् ।’

राहत वितरणमा योगदान गरेको युवालाई पक्रेको भन्दै युवाहरु आक्रोशित भएको उनले बताए । बाघेलाई पक्राउ गर्ने प्रहरीलाई आफूमाझ सुम्पन माग गर्दै स्थानीयले शुक्रबार साँझसम्म बारपाक अराजकता मच्चाएको प्रहरी नायब उपरीक्षक अर्जुन चन्दले जानकारी दिए । उनीहरुले सुराकी गर्नेलाई चिनाउनसमेत दबाब दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment