Comments Add Comment

मिस एलएलसीको ताज एलिसा लिम्बूलाई

miss-slc-winer

२३ जेठ, धरान । सुनसरीको धरानमा सम्पन्न मिस एसएलसीको ताज एलिसा लिम्बूले जीतेकी छिन् । धरान जेसिजले आयोजना गरेको प्रतिस्पर्धामा वेष्ट ड्रेससहित ताज पहिरिएकी एलिसाले नगद ३० हजार र कक्षा ११ र १२ मा निशुल्क अध्ययनको अवसर पाएकी छिन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशहरा हलमा शुक्रबार राति सम्पन्न फाइनल प्रतिस्पर्धामा नेहा प्रधान फस्ट रनरअप र सुदीक्षा श्रेष्ठ सेकेन्ड रनरअप घोषणा भए । उनीहरुले क्रमश : २५ हजार र २० हजार नगदसहित उच्च शिक्षामा पचास प्रतिशत छात्रवृत्ति पाएका छन् ।

प्रतिस्पर्धामा ज्योति बस्नेत मिस ट्यालेन्ट, हिना लिम्बु मिस ब्युटीफूल, कृपा श्रेष्ठ मिस फोटोजेनिक र मिस पपुलर, हाङ्मा लिम्बु, अञ्जना तामाङ मिस एक्टिभ, अजीजा केसी मिस क्याटवाक र मिस पर्सनालिटी घोषणा भए ।

पूर्वमिस नेपाल मलिना जोशी, गायिका विष्णु चेम्जोङ, क्वालिटी फुड प्रालिका प्रवन्ध निर्देशक श्याम काब्रा, वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानका डा.नरेन्द्र भट्ट र डा.रुपा राजभण्डारी प्रतिस्पर्धाका निर्णायक थिए ।

कार्यक्रममा गायकहरु एपी शेर्पा, अञ्जु राई, सावेरा राई, प्रतिमा राई लगायतले गीत गाए भने गरिमा डान्स सेन्टरले नृत्य प्रस्तुत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment