Comments Add Comment

सम्पदा पुनर्निर्माणमा निगमको प्रतिटिकट सय रुपैयाँ योगदान

Nepal-Airlines-New-plane-Sagarmatha  (2)

२५ जेठ, काठमाडौं । नेपाल वायुसेवा निगमले विदेशका विभिन्न स्टेशनबाट भूकम्प पीडितका लागि ५८ हजार ५ सय ५५ किलो राहत सामाग्री निःशुल्क ढुवानी गरेको छ । यो परिमाणको राहत सामाग्री ढुवानी गर्न १ करोड १८ लाख २९ हजार रुपैयाँ लाग्ने थियो ।

निगमले बैंकक, हङकङ, दोहा, दिल्ली र जर्मनीबाट निःशुलक राहत सामाग्री ढुवानी गरेको हो । जर्मनीबाट दोस्रो एयरबस ल्याउँदा ३ हजार ३ सय केजी राहत सामाग्री र ८ जनाको चिकित्सक टोली निगमले बोकेर ल्याएको थियो ।

बैंकक, हङकङ, दोहा र दिल्लीबाट भने नियमित उडानमा राहत सामग्रीहरु ढुवानी गरेको निगमले जनाएको छ ।
निगमले बैंककबाट १९ हजार २६ किलो, हङकङबाट १२ हजार ८ सय १७ किलो, दोहाबाट ९ हजार ७ सय ३२ किलो र दिल्लीबाट १३ हजार ६ सय ८० किलो राहत सामाग्र निःशुल्क ढुवानी गरेको हो ।

सम्पदा बनाउन प्रतिटिकट सय रुपैयाँ योगदान

यसैगरी निगमले पुरातात्विक महत्वका सम्पदाहरु पुनर्निमाणका लागि प्रत्येक अन्तर्राष्ट्रिय उडानको एकतर्फी टिकटमा सय रुपैयाँका दरले योगदान गर्ने भएको छ ।

निगमले जेठ १८ गतेदेखि एक वर्षसम्म बिक्री भएका टिकटबाट सय रुपैयाँका दरले सम्पदा पुनर्निर्माणमा सहयोग गर्ने भएको हो । विनाशकारी भूकम्पले मुलुकका धेरै सम्पदामा क्षति पुर्‍याएको छ ।

भूकम्पपछि राहत सामग्री बोकेर नेपाल आएका २ सय ९० उडानको ग्राउण्ड हृयान्डलिङ सेवा निगमका कर्मचारीले २४सै घण्टा खटेर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment