Comments Add Comment

कृष्ण पहाडीको टोलीले गंगामायालाई भेट्यो

Krishna-Pahadi

३ असार, काठमाडौ । मानव अधिकार तथा शान्ति समाजका अगुवा कृष्ण पहाडीको टोलीले अनसनमा रहेकै बेला ज्यान गुमाएका नन्दप्रसाद अधिकारीपत्नी गंगामायाँ अधिकारीलाई भेट गरेकाे छ ।

तत्कालिन सशस्त्र युद्धको बेला ज्यान गुमाएका आफ्ना छोराको हत्यारालाई कारबाहीको माग गर्दै अधिकारी दम्पत्ति अनसनमा बसेकै बेला नन्दप्रसादको मृत्यु भएको थियो ।

छोराका हत्यारालाई कारबाहीको माग गर्दै अनसनरत रहँदा आफ्नो पतिले समेत ज्यान गुमाउँदा समेत सरकार मुकदर्शक बनेको भन्दै गंगामायाँले वीर अस्पतालको ट्रमा सेन्टरमा पुनः अनसन थालेकी छन् । उनले जेठ २९ गतेदेखि पूनः आमरण अनशन शुरु गरेकी हुन् ।

अनसनमा रहेकै बेला मृत्युवरण गर्न पुगेका नन्दप्रसादको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमै रहेकोको छ । दोषीलाई कारबाही नगरिएको भन्दै परिवारले शव बुझ्न नमानेपछि नन्दप्रसादको अन्तिम संस्कार हुन सकेको छैन । नन्दप्रसादको मृत्युपछि सरकारले गंगामायाँको पालनपोषणको जिम्मा लिँदै अनसन तोडाएको थियो ।

अधिकारकर्मी पहाडीसहित शान्ति समाजका सभापति गंगाधर अधिकारी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव उत्तम पुडासैनी, विभागीय संयोजक प्रताप पौडेल तथा काठमाडौं शाखाका सभापति बटुकृष्ण ढुंगेल र कोषाध्यक्ष रामकृष्ण बरालले बीर अस्पतालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा पुगी पुनः अनसनरत गंगामायाँलाई विहीबार भेट गरेका थिए ।

गंगामायाँको न्यायोचित माग सम्बोधन गरी जीवन रक्षागर्न मानव अधिकार तथा शान्ति समाजले सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment