Comments Add Comment

गोलभेडाभित्र राखेर थुनुवालाई सिमकार्ड

६ असार, काठमाडौं । जेलमा रहेका थुनुवालाई गोलभेडा भित्र सिमकार्ड राखी पठाउने गौशाला बस्ने १७ बषर्ीय निमेश कपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

लागू औषध मुद्धामा केन्द्रीय कारागार अन्तर्गत भद्रगोल जेलमा थुनुवामा रहेका नाईजेरियन नागरिकलाई भेटन आएका कपालीले शनिबार गोलभेडा काटी नमस्तेको सिमकार्ड राखेर भित्र पठाउन खोजेका थिए ।

प्रहरीले कजाँच गर्दा सिमकार्ड फेला पारेपछि निमेश पक्राउ परेका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment