Comments Add Comment

कमलरी मुक्तिको दुई बर्ष : दाङमा अझै ३४ कम्लरी

निमुसंगम घर्ती
१४ असार, घोराही । नेपाललाई कम्लरीमुुक्त घोषणा गरेको दुुई वर्ष बितिसक्दा पनि दाङमा अझै ३४ जना कम्लरी बस्न बाध्य छन् ।

मुुक्त कम्लरी विकास मञ्चले सार्वजनिक गरेको तथ्यांकमा जिल्ला तथा जिल्ला बाहिर गरी विभिन्न स्थानमा दाङका ३४ जना कम्लरी छन् । जसअनुुसार दाङ जिल्लाभित्र १९ जना, काठमाडौंमा ८, सुुर्खेत, बाँके र कास्कीमा २-२ तथा बर्दियामा एकजना कम्लरी छन् ।

मञ्चले दोस्रो कम्लरी मुुक्ति दिवसको अवसरमा कमलरीहरुको मुुक्तिका लागि पहल गरिदिन आग्रह गर्दै उक्त तथ्यांक प्रमुुख जिल्ला अधिकारी लोकनाथ पौड्याललाई बुझाएको छ ।
पौड्यालले प्राप्त तथ्यांकलाई अध्ययन गरेर कानूनमा व्यवस्था भएको र आफूलाई प्राप्त अधिकार प्रयोग गरेर पहल गर्ने आश्वासन दिए ।

सभासद योगेन्द्र चौधरीले अहिले पनि कानून छले र मान्छेलाई दास बनाउने प्रबृत्ति कायमै रहेको उल्लेख गर्दै यसको अन्त्य गर्न सरकार लाग्नुपर्ने बताए ।

मञ्चकी संस्थापक अध्यक्ष मञ्जिता चौ धरीले मान्छेलाई दास बनाउने कम्लरी मुुक्ति अभियान सञ्चालन भएको करीव १४ वर्ष भइसक्दा पनि राज्यले उचित पहल नगर्दा पूर्णरुपमा सफल हुन नसकेको गुुनासो गरिन् ।

अहिले पनि मुुक्त कम्लरीका लागि छुुट्याएको छात्रबृत्ति र कम समयमा निकासा नहुुँदा मुक्त भएर विद्यालय गइरहेका मुक्त कम्लरीहरु समस्यामा पर्ने गरेको उनले बताइन् ।

२०७० असार १३ गते सरकारले नेपाललाई कम्लरीमुुक्त घोषणा गरेको थियो ।
यसैबीच दिवस मनाउन छुुट्याइएको रकमबाट मुक्त कमलरीहरुले दश हजार रुपैयाँ भूकम्प पीडितहरुलाई सहयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment