Comments Add Comment

भेरीमा पुल नहुँदा तुइनबाट तर्नुपर्ने बाध्यता

Tuin,-Veri-Rever

  • जाजरकोटका ठुलाबगरमा तुइनबाट भेरी तरेर स्कुल जाँदै एक बालक । तस्वीर : बी.बी.गिरी/अनलाइनखबर

बी.बी. गिरी
२० असार, जाजरकोट । भेरी नदीमा पुल नबन्दा जाजरकोटको डाँडागाउँ र रुकुमको घेत्माका बासिन्दा जोखिम मोलेर तुइनबाट नदी तर्न बाध्य छन् ।

सरकारले ४ बर्ष पहिले देशभरबाट तुइन हटाउने घोषणा गरे पनि पुल नबन्दा जाजरकोटको डाँडाँगाउँ र रुकुमको घेत्माबासीलाई तुइन प्रयोग गर्नुको विकल्प छैन ।

तुइनको यात्रा हिउँदमा भन्दा वर्षामा झन् बढी जोखिमपूर्ण हुने गरेको छ । तुइनबाट नदी वारपार गर्दा बर्षेनी मानिसहरुको अकालमा ज्यान जाने गरेको छ ।

‘बर्षौदेखि पुल बनाइदिन माग गरे पनि कसैले सुनेन,’ डाँडागाउँ १ ठुलाबगरका बीरबहादुर पुनले भने, ‘पायक पर्ने स्थानमा पुल छैन, तुइन नचढेर के गर्नु ?

यी ठाउँमा दैनिक उपभोग्य बस्तुका माल समान पनि तुइनबाट नै भेरी तराउने गरिएको छ । त्यस्तै स्कुल जाने विद्यार्थीले समेत तुईनबाटै वारपार गर्नु पर्दछ । तुईनमा चढेर तर्न महिला र बालबालिकालाई कठीन हुने गरेको छ । गाउँका मानिस विरामी पर्दा तुईनबाट तार्न थप समस्या हुने गरेको स्थानीयको भनाइ छ ।

डाँडागाउँका ठुलाबगर, पाली, कल्पत, जुरेली र रुकुमका घेत्मा, बाँकेजिउला, पिपलचौर, छेपारे लगायतका गाउँका बासिन्दालाई दैनिक उपभोग्य मालसामान ओसारपसार गर्न, औषधि उपचार गर्न समेत सास्ती हुने गरेको छ ।

भेरी नदीमा स्थानीयको पाइक पर्ने स्थानमा पुल नहुदा जाजरकोट, रुकुम, सल्यान, सर्खेतका बासिन्दाले बिभिन्न ठाउँमा तुइनबाट भेरी तर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment