Comments Add Comment

‘चपली हाइट २’ मा विनिता नै दोहोरिने, निर्माता भन्छन्-‘यूनिभर्सल दृश्य’

binita_baral
केही बर्ष अगाडि  प्रदर्शनमा आएको चलचित्र ‘चपली हाइट’को सिक्वेल बन्ने भएको छ । नायिका विनिता बरालको बोल्ड अवतारका कारण चर्चामा आएको यो चलचित्रले व्यापार पनि राम्रो गरेको थियो । चलचित्रले अश्लिलता फैलाएको आरोप लागेपनि निर्माता अर्जुन कुमार यो कुरा मान्न तयार छैनन् । उनले आफूले खिचेका दृश्यहरुलाई बोल्ड भन्दै चर्चा गरिएपनि त्यस्तो नभएको बताए ।

यसको सिक्वेल चैत्र २६ गते प्रदर्शनमा आउने घोषणा गरिएको छ । चलचित्रलाई निर्देशक दिपेन्द्र के खनालले नै निर्देशन गर्नेछन् । चलचित्रमा नायिका विनिता बराल नै दोहोरिने संभावना भएपनि अहिले नै पक्का नभएको निर्माता अर्जुन कुमारले बताए । उनका अनुसार चलचित्रमा विनिता जस्तो अभिनय गर्ने यूवती नै भेटिएको छैन ।

अर्जुनले यो चलचित्रलाई भने ‘यूनिभर्सल सर्टिफिकेट’ पाउने शैलीमा बनाउने बताए । निर्देशक खनाल अहिले अर्को चलचित्र ‘पशुपति प्रसाद’मा व्यस्त भएकाले यसपछि मात्र ‘चपली हाइट २’को छायांकन सुरु हुनेछ ।

चलचित्रमा नायकहरु भने दुबै जना नयाँ हुनेछन् । अर्जुनले नै बनाउने भनेको अर्को चलचित्र ‘फाटेको जुत्ता’ तत्काल नबन्ने भएको छ । उनले भने-‘चलचित्र बनाएर मात्र के गर्ने, व्यापार पनि हुनुपर्‍यो । यसैले कमर्सियल चलचित्र बनाउने तयारीमा लागेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment