Comments Add Comment

विश्व खाद्य कार्यक्रमसँग सरकारले जवाफ माग्यो

२३ असार, काठमाडौ । सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)लाई देशका विभिन्न स्थानमा कुहिएको चामल वितरण गरेको सम्बन्धमा औपचारिक जवाफ मागेको छ ।

डब्लुएफपीले पटक-पटक अखाद्य (कुहिएको) चामल बाँड्दा पनि कारबाहीको सिफारिस गर्न नसकेको भन्दै चौतर्फी विरोध भएपछि सरकारले औपचारिक जवाफ मागेको राजधानी दैनिकमा खबर छ ।

सरकारले पत्र पठाएर नै डब्लुएफपीसँग औपचारिक जानकारी माग गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले जानकारी दिए ।

पटक पटक अखाद्य चामल बाँड्दा पनि कुनै कारबाहीको सिफारिस गर्न नसकेको भन्दै चौतर्फी विरोध भएपछि सरकार दबाबमा परेको थियो । यसअघि नै मौखिक जानकारी दिएको भन्दै तर्कदै आएको सरकारले ब्यवस्थापिका संसद मानवअधिकार आयोग र नागरिक समाजको दबाब परेपछि पत्र पठाएर नै जवाफ मागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment