+
+

एमालेका अधिकांश मन्त्री विवादित

अनलाइनखबर अनलाइनखबर
२०७२ असार २६ गते ६:२१

CPN_UML_office२६ असार, काठमाडौं । पार्टीको तर्फबाट सरकारमा पठाइएका अधिकांश मन्त्री विवादमा तानिएको भन्दै एमालेले संस्थागत रुपमै मन्त्रीहरुको समीक्षा गर्दै छ ।

मन्त्रीहरुको काम कारबाही, आचरण र गतिविधि समीक्षा गर्नकै लागि शनिबार स्थायी समितिको बैठक बस्न लागेको नयाँ पत्रिकामा खबर छ ।

मंगलबार बसेको स्थायी समिति बैठकमा सदस्यहरुले ‘एमालेका मन्त्रीहरु इतिहासमै धेरै भएको’ भन्दै समीक्षा गर्नुपर्ने माग गरेपछि शनिबार बस्ने बैठकको एजेन्डा बनाइएको हो ।

एमालेले सरकारमा १० मन्त्रालय सम्हालिरहेको छ । विवादकै कारण अहिलेसम्म चार मन्त्री फेरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?