Comments Add Comment

भूकम्पपछि पहिलो पटक हिमाल चढ्दैछन जर्जियाका नेम्सी

२९ असार, काठमाडौं । भूकम्पपछि नेपालको पर्यटन क्षेत्र तहसनहस भएको सन्देश प्रवाह भइरहेको बेलामा एक विदेशी नागरिक हिमाल आरोहणका लागि तयार भएका छन् ।

जर्जियाली नागरिक माईक नेम्सी बिहीबार हिमाल आरोहणका लुक्ला प्रस्थान गर्न लागेका हुन् । भूकम्पपपछि हिमाल आरोहण गर्न लागेका नेम्सी पहिलो आरोही हुन् ।

‘यो वषर्ातको मौसम नेपालमा हिमाल आरोहणका लागि सुरक्षित छैन्’ नेम्सीले भने, ‘तर मेरो साथीहरुलाई भेट्ने प्रवल इच्छाका कारण मैले सरद सिजनसम्म नकुर्ने निर्णय गरेर नेपाल आएको हुँ ।’

भूकम्पपछाडी शिथिल देखिएको पर्यटन प्रवर्द्धनका लागि आफु हिमाल आरोहण गर्न लागेको नेम्सीले प्रश्ट पारे । ‘यो आरोहणले पर्वतारोहणका लागि नेपाल सुरक्षित रहेको सन्देश प्रवाहमा सघाउनुका साथै पर्यटकहरुलाई नेपाल आउन प्रोत्साहन गर्ने मैले विश्वास लिएको छु’ उनले भने ।

भूकम्पपछाडी नेपाल आउने आफु पहिलो जर्जियन नागरिक भएको भन्दै उनले भूकम्पबाट प्रभावित जनतामा चिन्ताका साथै मृत्युवरण गर्ने सबै नेपालीसमक्ष समवेदनासमेत व्यक्तगरे ।

नेम्सी हिमाल आरोहणका लागि बिहीबार लुक्ला प्रस्थान गर्नेछन् । सुरुमा ५७ सय मिटर उचाईको माउन्ट गोकियो आरोहण गर्ने तथा सोपश्चात ६ हजार २ सय ८७ मिटर उचाईको पाचेर्मो चुचुरो आरोहण गरेपश्चात राजधानी र्फकने उनको योजना छ । यसअघि उहाँले सगरमाथा, धौलागिरीलगायत नेपाल र विश्वका अधिकांश अग्ला चुचुराहरुको आरोहण गरिसकेका छन् ।

नेम्सी युनिक एडभेन्चर इन्टरनेस्नल नामक संस्थामार्फन उक्त आरोहणका लागि जान लागेका हुन् । एडभेञ्चरद्धारा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष खुमबहादुर सुवेदीले नेम्सीको साहसिक निर्णयले पर्वतीय प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment