Comments Add Comment

सरकारी कर्मचारीको तलब बढेन

२९ असार, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले भूकम्पले निम्त्याएको विपत्तिका कारण यस वर्ष कर्मचारीहरुको तलब बढाउन नसकिएको बताएका छन् ।

अहिलेकै अवस्थामा राष्ट्र सेवकहरुको पारिश्रमिक र सुविधा बढाउन नसकिए पनि आगामी वर्षमा बढाउने मन्त्री महतले बताएका छन् ।

फाइल तस्वीर

कर्मचारीहरुले तलब बढ्ने आशा गरिरहेका बेला बजेट भाषण्का क्रममा मन्त्री महतले यसर्ष कर्मचारीको तलब नबढाइने घोषणा गरेका हुन् ।

निजामति कर्मचारी प्रशासनका कारण सरकारलाई आर्थिक भार बत्रढ्दै गएको मन्त्री महतको भनाइ छ । यसलाई सभाधान गर्न कर्मचारीको अवकाशको उमेरमा पुनरावलोकन गरिने मन्त्री महतले घोषणा गरेका छन् ।

योगदानमा आधारित पेन्सन प्रणाली

विज्ञहरुले धेरै वर्षदेखि माग गर्दै आएको योगदानमा आधारित पेन्सन प्रणाली आगामी वर्षदेखि लागू हुने भएको छ ।अर्थमन्त्री रामशण महतले बजेट भाषणमा आगामी वर्षदेखि योगदानमा आधारित पेन्सन प्रणाली लागू गर्ने घोषणा गरे ।

यो प्रणाली कार्यान्वयन भएपछि जसले जति बढी कर तिर्छन रिटायर्ड लाईफमा त्यतिनै बढी पेन्सन पाउनेछन् ।

यस प्रणालीमा व्यक्तिहरुले तिरेको कर बराबर सरकारले थप गरिदिने छ । यो अत्यन्तै राम्रो निर्णय भएको अर्थशास्त्री केशव आचार्यले बताए । ‘हामीले ७/८ वर्ष पहिलेदेखि नै भनिरहेका थियौं ।’ उनले भने- यो कार्यन्वयन भयो भने आगामी ५/७ वर्षमा राम्रो परिणाम देखिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment