Comments Add Comment

‘बोल बम’को सट्टा, ‘बोल ॐ’ नाममा साउने मेला

१ साउन, चितवन । पवित्र तीर्थस्थल देवघाटमा शुक्रबारदेखि साउने मेला सुरु भएको छ । साउन महिना शिवको पवित्र महिना मानिन्छ । त्यसैले शिव भक्तहरु ‘बोल बम’ जप्दै शिवालय धाउँछन् । तर, यसपटक देवघाटमा बोलबम होइन बोल ॐ को नामबाट साउने मेला सुरु भएको छ ।

हरेक वर्ष देवघाटधाममा बोलबम मेला लाग्ने भएपनि यो वर्षदेखि देवघाट आध्यात्मिक परिषद र देवघाट क्षेत्र विकास समितिको आयोजनामा एक महिने प्रथम ‘बोल ओम’ महोत्सव हुने देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

OM

ओम (ॐ) शब्दमा अलौकिक शक्ति रहेकाले ‘बम’ शब्दलाई हटाएर ‘बोल ॐ’ को नामबाट मेला आयोजना गरिएको देवघाट आध्यात्मिक परिषदका अध्यक्ष रामप्रसाद ढुङ्गानाले जानकारी दिए ।

चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटमा स्नान, दानसहित पूजा गर्नाले पापकर्म नष्ट हुने तथा सुखशान्ति मिल्ने धार्मिक विश्वास छ ।

यसपटक साउन महिनाभर चल्ने मेलामा ४ लाख बढी भक्तजनले दर्शन गर्ने आयोजकको अपेक्षा गरिएको राप्रपा नेपालका जिल्ला अध्यक्ष तथा मेला आयोजक समिति संयोजक बद्रिप्रसाद तिमिल्सेनाले बताए ।

मेलामा जाने सवारी साधनका लागि चितवन ट्राफिक प्रहरीले दुई छुट्टा-छुट्टै रुट निर्धारण गरेको छ । मेलामा जानका लागि रामनगर तर्फको रुट र फर्किनका लागि पुरानै बाटो कायम गरिएको चितवन ट्राफिक प्रमुख रमेशराज भेटुवालले जानकारी दिए ।

– राजेन्द्र आचार्यबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment