Comments Add Comment

स्थीर सरकार बन्ने संवैधानिक व्यवस्था गर्न तरुण दलको सुझाव

७ साउन, काठमाडौं । नेपाल तरुण दलले स्थीर सरकार बन्ने संवैधानिक व्यवस्था गर्न संविधानसभालाई सुझाव दिएको छ ।

Uday-Shamser-Rana-Final

संघीय व्यबस्थापिका र प्रदेश सभामा ४० प्रतिशत समानुपातिक प्रतिनिधित्व हुँदा कुनै दलको बहुमत नहुने र निहीत स्वार्थका लागि सरकार गठन-विघटनका खेलहरु हुने भएकाले स्थीर सरकार बनाउन संविधानमै व्यबस्था हुनुपर्ने तरुण दलको सुझाव छ ।

नेपाल तरुण दलका अध्यक्ष उदय शमसेर राणाले विहीबार संविधानसभा अध्यक्ष सुझाव नेम्वाङले सुझाव पेश गरेका छन् ।

सुझावमा प्रस्तावनामै बहुलवाद राख्न र प्रस्तावनाको दोस्रो अनुच्छेदमा रहेको सामन्ती, निरकंुश, केन्द्रीकृत भन्ने बाक्य हटाउन पनि तरुण दलले सुझाव दिएको छ ।

बहुलवाद विनाको लोकतन्त्रको परिकल्पना समेत गर्न नसक्ने भन्दै तरुण दलले प्रस्तावनामा बहुलवाद नराखिनु आश्चर्यको बिषय भएको बताएको छ ।

यसैगरी सम्पत्ति सम्बन्धी हकमा राज्यले सार्वजनिक प्रयोजनका लागि निजी सम्पति अधिग्रहण गर्दा क्षतिपूर्तीको व्यबस्था गर्नुपर्ने र जुन प्रयोजनका लागि अधिग्रहण गरिएको हो सो बाहेक अन्य प्रयोजनमा प्रयोग गर्न नमिल्ने व्यवस्था गर्न पनि सुझाव दिइएको छ ।

तीन प्रतिशत थ्रेस होल्ड हुनै पर्ने, सुरक्षा परिषदमा प्रधानसेनापतिलाई पनि सहभागि गराउनु पर्ने, दोहोरो कर प्रणाली खारेज गर्नुपर्ने उसको सुझाव छ ।

देशभरका २ सय ४० वटै निर्वाचन क्षेत्रबाट आफ्ना कार्यकर्ताबाट आएका सुझावहरुलाई समेटेर सुझाव तयार गरेको नेपाल तरुण दलका अध्यक्ष राणाले जानकारी दिए । सभाध्यक्ष नेम्वाङले नागरिकहरुबाट आएका सुझावहरुलाई सम्बोधन गरिने बताएको राणाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment