Comments Add Comment

अवकासको एक महिना अघि सशस्त्रका तीन अधिकृतको बढुवा

APF

८ साउन, काठमाडौं । अर्को महिना अवकास पाउन लागेका सशस्त्र प्रहरीका तीन अधिकृतको एक तह पदोन्नती भएको छ ।

तीस वर्षे सेवा अवधिले अवकास हुन लागेका तीन जना एपीएफ अधिकृतलाई एक तह पदोन्नती गरी शुक्रबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा दज्र्यानी चिन्ह प्रदान गरिएको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले सशस्त्र प्रहरी नायव उपरीक्षकमा पदोन्नती भएका अमृतबहादुर के.सी., कुमार कार्की र गणेशबहादुर बुढाथोकीलाई दज्र्यानी चिन्ह प्रदान गरे ।

सशस्त्र प्रहरी नियमावली २०७२ मा एकै दर्जामा ५ वर्ष भएका सशस्त्र प्रहरी उपरीक्षक र सो भन्दा मुनीका सशस्त्र प्रहरी कर्मचारीलाई अनिवार्य अवकास हुनु एक महिना अगाडी एक तह पदोन्नती दिने व्यवस्था भए अनुसार तीन जना सशस्त्र प्रहरी निरीक्षकहरुको नायव उपरीक्षकमा पदोन्नती भएको हो ।

दज्र्यानी चिन्ह प्रदानपछि सशस्त्र प्रहरी महानिरीक्षक वन्तले सशस्त्र प्रहरी कर्मचारीको सुरक्षित एवं सुनिश्चित भविष्य निर्माण गर्न संगठनले कुनै कसर बाँकी नराख्ने बताए । उनले भने-‘संगठनको लागि योगदान पुर्‍याउने राष्ट्रसेवकलाई संगठनले दिने कुनै सुविधाबाट कहिल्यै वञ्चित र विमुख हुनुपर्ने छैन ।’

सशस्त्र प्रहरी नियमावली २०७२ ले सशस्त्र प्रहरी कर्मचारीलाई प्रसस्त अवसर दिनुका साथै त्यति नै जिम्मेवार तुल्याएको उनले बताए । सेवा निवृत्त हुनु एक महिना अगाडी दिइने पदोन्नतीको नयाँ व्यवस्थाले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीको मनोवललाई नयाँ उचाईमा पुर्‍याएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment