Comments Add Comment

संगीत र कामोत्तेजनाबीच के छ सम्बन्ध ?

संगीतले सरीरमा नयाँ उर्जाको संचार गरेको अनुभुति हामी सबैले गरेका छौँ होला ।
केही धून तथा गित तथा सुरहरु सुन्दैमा सरीरमा अजीब कम्पन महसुस हुन्छ ।
skin_organasm_music
साइके लुइ नामका एक व्यक्तिको भनाइलाई नै लिउँ  । उनी भन्छन्, ‘ग्रेजुएसनको तेश्रो वर्ष थियो । म साथीको कोठामा थिएँ । अचानक रेडियोमा रखम्यानिनोभको पियानो कन्सर्ट नम्बर टू बज्न थाल्यो र म मन्त्रमुग्ध भएँ । ढाडको हड्डीमा कम्पन महसुस भयो, मुटुको धड्कन तिब्र भयो । कन्सर्टको दोश्रो भाग सुन्दा आजपनि मलाई त्यस्तै अनुभुति हुन्छ ।’

यो कलात्मक अनुभव यति तिव्र हुन्छ की मानिस यसलाई महसुस गर्नुको अलावा अरु केहीपनि गर्न सक्दैन ।

लुइ आफैले पनि पियानो तथा भायोलिन बजाउँछन् । तर संगीतको आनन्द महसुस गर्नका लागि संगितज्ञ हुनु जरुरी छैन । यो जो कोहीले जुनसुकै बेला गर्न सक्छन् ।

विज्ञहरुका अनुसार कहिलेकाहीँ संगीतको महसुस यतिधेरै सघन हुन्छ की त्यसैले संगीतलाई छालाको कामोत्तेजना पनि भनिन्छ । लुइका अनुसार कहिलेकाहीँ यस्तो अनुभव हुन्छ की अरु केही गर्नै नसकिने अवस्था आउँछ ।

संगीतको धूनमा के हुन्छ ?
यसमा एउटा प्रश्न जरुर उठ्छ की संगीतको मधूर धूनमा यस्तो के हुन्छ जसले सरीर तथा मस्तिष्कको उत्तेजनालाई त्यो चरम हदसम्म लैजान्छ जुन अनुभुति केवल सहवासको बेला हुन्छ ?

यो प्रश्नले लुइलाई पनि हैरान पार्छ । भेसलेएन युनिभर्सिटीका मनोचिकित्सक समेत रहेका लुइले हालै आफ्ना छात्र ल्यूक ह्यारिसनसँग मिलेर यस विषयमा एक अध्ययन गरेका छन् । संगीतले गराउने महसुसको समीक्षाका साथै प्रमाण तथा सिद्धान्तहरुको व्याख्या उनले गरेका छन् ।

Sangeet Dhun1

लुइ तथा ह्यारिसनले यस्तो संवेदनाहरुलाई असाधारण भनेका छन् । यसभन्दा पहिले सन् १९९१ मा पेशेवर संगीतकार तथा गैरसंगीतकारहरुमा एक सर्भेक्षण गरिएको थियो । उक्त सर्भेक्षणमा भाग लिनमध्ये करीब आधा मानिसले भनेका थिए की मनपर्ने गीत सुनेपछि उनीहरुको सरीरमा कम्पन छुट्छ, पसिना आउँछ र कामोत्तेजना जस्तो महसुस हुन्छ । यस्तो अनुभुतिलाई वैज्ञानिकहरुले ‘छालाको कामोत्तेजना’को संज्ञा दिएका छन् ।

उत्तर भारतीय तथा पाकिस्तानी सूफी संगीतमा पनि एकाग्र चित्त बनाएर संगीतमा तल्लीन हुँदा हुने अनुभुतिलाई कामवासनाको अनुभुतिसँग जोडेर हेर्न थालिएको छ । लुइ तथा ह्यारिसनले यस्तो अनुभुतिलाई ‘फ स्सन’ नामाकारण गरेका छन् । जसको अर्थ हुन्छ रोमान्च भन्दा बढि तथा उत्तेजनाको नजिक ।

शोधकर्ताहरुले पछिल्लो समयमा सुमधुर संगीत कार्यक्रमको बेला उपस्थित दर्शकहरुमा कस्तो प्रकारको परिवर्तन देखापर्छ ? भन्ने विषयमा अध्ययन सुरु गरेका छन् ।

त्यस क्रममा यदि संगीत सामान्य भयो भने मानिसहरुमा यस्तो प्रकारको कुनै भाव पैदा नहुने पाइयो । तर परिचित-अपरिचित संगीतको बीचको रेखालाई छुँदा भने पि|mस्सन को महसुस पैदा हुन्छ ।

लुइका अनुसार यो भाव तब उत्पन्न हुन्छ जब संगीत एक खास विन्दुमा पुग्दछ । जब तपाइँ ड्रग्सको सेवन गर्नुहुन्छ वा फेरि सेक्स गर्नुहुन्छ त्यसबेलामा पनि यस्तै अनुभुति पैदा हुन्छ । त्यसकारण मानिसहरुमा यसको बानी परिसकेको हुन्छ ।
मस्तिष्कमा बदलाव
मनपर्ने संगीत सुनिरहेको बेला मस्तिष्कमा हुने असरका विषयमा स्नायु वैज्ञानिकहरुले पत्ता लगाउने कोसिस गरेका छन् ।

संगीतकारले यदि परिचित तथा अपरिचित धुनहरुको बीचबाट संगीतको त्यो विन्दुसम्म पूराउँछ तब श्रोताको मस्तिष्कमा यसले प्रभाव पार्दछ, मुटु तिव्र गतिमा चल्न थाल्छ, स्वास बढ्न थाल्छ ।

यतिमात्र होइन यस क्रममा सरीरमा डोपामाइन हर्मोनको प्रवाह पनि बढ्दछ । यो हर्मोनको मात्रा ड्रग्स लिएपछि वा सेक्स गरेपछि पनि सरीरमा  बढ्ने गरेको पाइन्छ ।

यहीँ हर्मोनकै कारण कहिलेकाहीँ संगीत हाम्रो लागि परम् आनन्दको कारण बन्ने गरेको लुइ बताउँछन् । एटेन्र्फड युनिभर्सिटीका शोधकर्ता एभरम गोल्डस्टिनले पनि यस्तै निष्कर्ष निकालेका छन् ।

लुइका अनुसार संगीतबाट पैदा हुने कामोत्तेजना धेरै कोकिस सेवन गर्ने, हस्तमैथुन गर्ने तथा पोनोग्राफी हेर्दै गर्दा प्राप्त हुने अनुभुति जस्तै हुन्छ ।

संगीतको असर
वैज्ञानिक स्टिभन पिनकेरका अनुसार संगीतले मानिसको आनीबानीलाई धेरै हदसम्म सहयोगात्मक बनाउँछ । राम्रो गीत संगीत सुन्नाले मानिसमा एक अर्कोलाई मद्धत गर्ने भावनाको विकाश हुन्छ ।

लुइका अनुसार संगीत मानव मन तथा समाजमा बदलाव ल्याउने महत्वपूर्ण माध्यम हो । संगीतले मानिसको मस्तिष्कलाई प्रशिक्षित गर्ने र अनुभवको विस्तार गर्ने उनी बताउँछन् । साथै यसले भावनात्मक जागरुकता बढाउने र मानिसहरुलाई एक अर्कामा कनेक्ट गराउनुका साथै भावनात्मक संवादको प्रक्रियालाई पनि प्रभावकारी बनाउने तर्क उनकेा छ ।

Sangeet asar

यद्यपि संगीत श्रवण गर्नसक्ने क्षमता, सामाजिक सोँचको दायरा तथा भावनात्मक सुझबुझ जति बढि हुन्छ उति नै संगीतले व्यक्तिलाई कामोत्तेजनासम्म पूराउने सम्भावना उच्च हुने लुइको ठहर छ ।

लुइको एउटा तर्कसँग सायद सहमत हुन सकिन्छ होला । उनी भन्छन्, ‘यदि रखम्यानिनोभको पियानो बजिरहेको हुन्छ भने कसलाई सेक्स तथा ड्रग्सको आवश्यकता महसूस होला ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment