Comments Add Comment

फिनान्सियल टाइम्सको स्वामित्व जापानी कम्पनीले किन्यो

financial times

लण्डन । १ सय २७ वर्ष पुरानो चर्चित बेलायती पत्रिका फिनान्सियल टाइम्स बिक्रि भएको छ । गुलाबी पाना सहितको चर्चित पत्रिकाको स्वामित्व जापानी कम्पनी निक्केइले किनेको हो ।

फिनान्सियल टाइम्स खरीद गर्न निक्केइले ८४ करोड ४० लाख पाउण्ड खर्चिएको दी गार्जियनले जनाएको छ ।

सन् १९५७ मा फिनान्सियल टाइम्स खरीद गरेको कम्पनी पियर्सनले अमेरिकामा रहेको आफ्नो वृहत शैक्षिक प्रकाशन व्यवसायमा ध्यान केन्द्रित गर्नका लागि जापानी कम्पनीलाई पत्रिका बेचिएको जनाएको छ ।

पियर्सनका प्रमुख कार्यकारी जोन फ्यालोनले शिक्षा र पत्रकारिकता फरक चिज रहेको र यसका लागि फरक-फरक कौशल, क्षमता तथा मेहेनत आवश्यक पर्ने बताएका छन् । साथै उनले ६० वर्षसम्म फिनान्सियल टाइम्सको स्वामित्व लिन पाएकोमा गौरवान्वित भएको बताएका छन् ।

सन् १८७६ मा स्थापना भएको फिनान्सियल टाइम्सको नयाँ मालिक जापानी कम्पनी निक्केइ जापानको सबैभन्दा ठूलो मिडिया कम्पनी हो । जसले जापानमा ३० लाख ग्राहक भएको निक्केइ दैनिक, निक्केइ सिएनवीसी टीभी र म्यागेजिन संचालन गर्छ ।

इकोनोमिस्टको ५० प्रतिशत सेयर बेच्ने

the economist
यसैबीच अर्को चर्चित आर्थिक म्यागेजिन ‘द इकोनोमिस्ट’को ५० प्रतिशत शेयर समेत बिक्रि हुने भएको छ । फिनान्सियल टाइम्स निक्केइलाई बिक्रि गरेको पियर्सनले इकोनोमिस्ट पत्रिकाको  ५० प्रतिशत शेयर समेत  बेच्ने निर्णय गरेको बताइएको छ । तर, खरीदकर्ताको भने टुंगो लागिनसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment