Comments Add Comment

सिद्धि गाविसका लागि पाँच बर्षे कार्ययोजना निर्माण शुरु

Sapana-Village-Soicial-Imp

११ साउन, सौराहा । चेपाङ समुदायको बाहुल्य रहेको चितवनको विकट पहाडी गाविस सिद्धिको सम्रग विकासका लागि पाँच बर्षे कार्ययोजना निर्माण शुरु भएको छ ।

सोमबार सिद्धि गाविसका चेपाङ समुदायको समेत सहभागितामा योजना तर्जुमा गोष्ठि योजना गरी कार्ययोजनाका लागि सुझाव संकलन गरिएको छ ।

जुन ठाउँको विकास गर्ने हो त्यही स्थानका जनताको राय सुझाव आवश्यक भएकाले चेपाङहरुलाई नै सहभागी गराएर सुझाव लिन सुरु गरिएको सपना भिलेज सोसल ईम्प्याक्ट सौराहाले जनाएको छ ।

‘गाउँ कस्तो बनाउने भन्नेमा चेपाङहरुले नै योजना बनाउने हो, हामीले कार्यान्वयनमात्रै गर्छौं,’ सपना भिलेज सोसल ईम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले भने, ‘सिद्धिलाई नमूना गाउँ बनाउने छौं । त्यसका लागि फेमि फाउन्डेसन नेदरल्याण्ड र सरकारसँग सहकार्य गर्ने उनले जानकारी दिए ।

सामाजिक क्षेत्रमा क्रियाशील सपना भिलेज सोसल ईम्प्याक्टले विगत ४ बर्षदेखि गरिब तथा विपन्न वर्गलाई सहयोग गर्दै आएको छ । सो संस्थाले सिद्धि गाविसका पुरै घर परिवार लक्षित विकासका काम गर्न ५ बर्षे कार्ययोजना निर्माण सुरु गरेको छ ।

स्थानिय चेपाङ अगुवा महेन्द्र चेपाङले स्थानिय चेपाङ समुदायलाई नै सहभागि गराउन लागिएकाले योजना सफल हुने विश्वास व्यक्त गरे । ‘यहाँ धेरै चेपाङहरुका लागि कार्यक्रम आए तर प्रभावकारी देखेनौं, स्थानिय चेपाङ अगुवा महेन्द्र चेपाङले भने, ‘स्थानियलाई नै सहभागि गराउँदा योजना सफल हुने विश्वास छ ।’

Sapana-Village-Soicial-Imp-

पाँच बर्षे कार्ययोजनामा जिपिकोपार्जन, शिक्षा, स्वास्थ्य र स्वरोजगारका लागि उत्प्रेरणा मिल्ने कार्यक्रमदेखि पुनःनिर्माणका कामसम्म हुनेछन् ।

कार्ययोजना तर्जुमा गर्न आयोजित कार्यक्रममा सिद्धिका राजनीतिक दल, शैक्षिक संस्था चेपाङ अगुवा तथा गाविसका प्रतिनिधिहरु सहभागी थिए ।

उनीहरुले आयआर्जन, बस्ती व्यवस्थापन, तीनसाले खोरियाको पूर्जा उपलव्ध हुनुपर्नेलगायतका माग राखेका थिए । चेपाङहरुका लागि राज्यले उच्च शिक्षासम्म आवासीयरुपमा निःशुल्क शिक्षा, स्वास्थ्य तथा रोजगार उपलव्ध गराउनुपर्ने पनि उनीहरुको माग छ ।

गोष्ठिमा करुणा फाउण्डेसनका कार्यक्रम निर्देशक योगेन्द्र गिरी, सपना भिलेजका सञ्चालक नारायण वन, सपना भिलेजका म्यानेजर सुझाव बस्नेतलगायतले कार्यक्रमबारे जानकारी दिएका थिए ।

– राजेन्द्र आचार्यबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment