Comments Add Comment

नाटक भन्दै मधेस केन्द्रीत चार दलद्वारा संविधानसभा बैठक बहिस्कार

१३ साउन, काठमाडौं । मधेस केन्द्रीत चार दलले संविधानको मस्यौदामा जनताबाट संकलन सुझावहरु समेटिएको प्रतिवेदनमाथिको छलफल बहिस्कार गरेका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

संविधानसभाको बुधबारको बैठकमा नागरिक सम्वन्ध तथा संविधान सुझाव समितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची थियो ।

बैठकको सुरुमा नै सद्भावना पार्टीका सभासद लक्ष्मणलाल कर्णले संविधानसभामा हुन लागेको छलफललाई नाटकको संज्ञा दिए ।

राष्ट्रपतिदेखि केही पदाधिकारीका लागि वंशजको नागरिक हुनु पर्ने नयाँ व्यवस्थाले तेस्रो नम्बरको नागरिक पैदा गर्ने काम गरेको बताए । उनले नागरिकतासम्वन्धी अहिलेको व्यवस्था अन्तरिम संविधान भन्दा पनि गएगुज्रिएको भएको बताए ।

उने समानुपातिक हटाएर समावेशी मात्र राखिएको र संघीयता नाम मात्रको भएको बताए ।

कर्णले भने-यो सबै नाटक हो । यसको पात्र हामीलाई पनि बनाउन खोजिएको छ । हामी यसलाई बाइकट गर्छौ र संविधानसभा अध्यक्षलाई आग्रह गर्छै कि यो नाटक बन्द गरियोस् ।

कर्णले बोलेपछि संघीय समाजवादी फोरम नेपाल, तमलोपा, सदभावना सहितका चार दलले बैठक बहिस्कार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment