Comments Add Comment

सहकारीलाई प्रभावित पार्ने नीतिनियम सच्याउनुपर्नेमा जोड

Department-of-Cooperatives१७ साउन, काठमाडौँ । सहकारी क्षेत्रका अगुवा र सहकारी आन्दोलनकर्मीले नेपाल राष्ट्र बैंकले कुनै पनि बैंकमा सहकारीको लगानी हुन नहुने र सेयर खरिद गर्न नपाउने गरी गरेको निर्णय सञ्चाउन माग गरेका छन ।

मिडिया इन्टरनेसनलले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा सहभागी वक्ताले सहकारी आफ्नै नीति र सिद्धान्तबाट परिचालित हुने हुँदा राष्ट्र बैंकको निर्णयले सहकारी क्षेत्रलाई प्रभाव पार्न नहुनेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष तथा सभासद् केशव वडालले सहकारीलाई कहीँ कतैबाट अङ्कुश लगाउने र यो गर वा यो नगर भन्ने अधिकार कसैलाई नभएको विचार व्यक्त गर्दै सहकारीले कहाँ लगानी गर्न पाउने वा कहाँ नपाउने भन्ने कुरा राष्ट्र बैंकले भन्न नमिल्ने बताए ।

उनले अर्थतन्त्रमा सहकारी, सरकार र निजी क्षेत्र सबैको उत्तिकै महत्व भएको उल्लेख गर्दै राष्ट्र बैंकको पछिल्लो निर्णयले सहकारीको विकास हुन नसक्ने र देशको अर्थतन्त्रमा असरसमेत पर्ने खतरा औँल्याए ।

कार्यक्रममा जिल्ला सहकारी सङ्घ काठमाडौँका अध्यक्ष टेकप्रसाद चौलागाईंले राष्ट्रबैंकले जारी गरेको नीतिले सहकारीलाई सङ्कुचन गर्न खोजिएको बताउँदै धेरै पुँजी भएका सहकारीले हाइड्रोमा समेत लगानी गरेको र सहकारीको क्षेत्राधिकार तोक्न नहुने बताए ।

सहकारी अगुवा उत्तमप्रसाद बाँस्कोटाले सहकारीको विकास र विस्तारबाट देशकै अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको विचार व्यक्त गर्दै सहकारीका नकारात्मक पक्षलाई मात्रै उठाइनु गलत भएको बताए ।

कार्यक्रममा तरकारी तथा फलफूल केन्द्रीय सहकारी सङ्घका अध्यक्ष विनोद पराजुली, समृद्धिका लागि आर्थिक क्रान्ति अभियानका नेत्र पाण्डे लगायतले सहकारी ग्रामीण अर्थतन्त्रको मेरुदण्ड भएकाले त्यसलाई नकारात्मक प्रभाव पर्ने नीतिनियमलाई सच्याउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment