Comments Add Comment

चितवनका अवैध अस्पताल बन्द, पाँच डाक्टर कारवाहीमा

राजेन्द्र आचार्य

१७ साउन, चितवन । मेडिकल सिटीको रुपमा परिचित चितवनमा मापदण्ड विपरित अस्पताल तथा पोलिक्लिनिकहरु सञ्चाल भएको पाइएको छ । अनुमति विना नै सन्चालित लक्ष्मी पोलिक्लिनिक बन्द गराइएको छ । यसअघि ५ वटा डेण्टल क्लिनिक बन्द गरिएको थियो ।

अस्पताल र क्लिनिक अनुगमनमा खटिएको टोली
अस्पताल र क्लिनिक अनुगमनमा खटिएको टोली

जिल्ला प्रशासन कार्यालय चितवन र जिल्ला स्वास्थ्य कार्यालयको टोलीले भरतपुरका ३ वटा अस्पताल तथा पोलिक्लिनिकको संयुक्त अनुगमन गरेको थियो । अनुगमन गर्दा जयबुद्ध अस्पताल, जयबुद्ध डेण्टल र सागर मेडिकल दर्ता र नवीकरण नगरेर सन्चालन भैरहेको फेला परेको छ ।

अस्पताल प्रशासनले नवीकरण र दर्ता भएको दावी गरे पनि टोलीले खोज्दा नभेटेपछि स्वास्थ्य कार्यालयमा कागजको फोटोकपी ल्याउन निर्देशन दिँदै टोली बाहिरिएको थियो । तीनवटै स्वास्थ्य संस्थालाई १ हप्ता भित्र कागजात जुटाउन अनुगमन टोलीले निर्देशन दिएको छ ।

भरतपुर अस्पताल रोडस्थित जयबुद्ध अस्पतालमा अनुगमनका क्रममा फोहोर भएको भन्दै अनुगमन टोलीले नागरिक वडापत्र राख्न, सफा सुग्घर राख्न र कक्ष व्यवस्थित गर्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत नेत्र प्रसाद शर्माले जानकारी दिए ।

Chitwan-Hospital-observatioयस्तै जयबुद्ध डेण्टल पनि विना अनुमति सञ्चालन गरिएको पाइएको अनुगमनमा सहभागी उपभोक्ता हित संरक्षण मञ्च चितवनका अध्यक्ष शैलेन्द्रकुमार पियाले जानकारी दिए ।

मेडिकल तथा अस्पतालको अनुगमनको जिम्मा यसअघि क्षेत्रीय स्वास्थ्य कार्यालयको रहे पनि हालसालै मात्र स्वास्थ्य कार्यालयलाई जिम्मेवारी सरेको थियो । २५ शैयाभन्दा कम अस्पतालमा जिल्ला स्वास्थ्यले नै अनुगमन गर्ने निर्देशन भएअनुसार आफूहरुले अनुगमन गरेको जिल्ला जनस्वास्थय कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत ईश्वरी पोख्रेरलले बताए ।

जिम्मेवारी सरेपछि स्वास्थ्य कार्यालयले तेस्रोपटक अस्पतालको अनुगमन गरेको हो । अनुगमनमा जिल्ला स्वास्थ्य कार्यालयका पोखेल, जिल्ला प्रशासन कार्यालयका बजार संरक्षण अधिकृत, उपभोक्ता हित संरक्षण मञ्चको प्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।

यसअघि चालु आर्थिक बर्षमा ७ वटा स्वास्थ्य संस्थामा अनुगमन गरेकोमा सबै कार्वाहीमा परेका थिए ।

५ डाक्टर कार्वाहीमा परे

चितवनमा मादण्ड विपरित सञ्चालित अस्पताल तथा पोलिक्निकमा काम गर्ने ५ जना डाक्टरहरु पनि कार्वाहीमा परेका छन् । सागर मेडिकल मार्फत सञ्चालित लक्ष्मी पोलिक्निकमा काम गर्ने भरतपुर अस्पतालमा समेत कार्यरत डा. श्रवणकुमार थापा, डा. उमेश थापा, डा. शैलेन्द्र विकि, डा. बद्रीप्रसाद नेपाल र चितवन मेडिकल कलेजमा कार्यरत डा. वन्दना खनाल न्यौपाने कारवाहीमा परेका हुन् ।

‘एक त सरकारी अस्पतालमा काम गर्नेले निजीमा काम गर्न पाईंदैन, त्यसमा पनि उहाँहरुले विना दर्ता पोलिक्लिनिकमा काम गर्नुभो, त्यसैले कारवाही गर्ने निर्णय भएको छ,’ जिल्ला प्रशासन कार्यालयका बजार संरक्षण अधिकृत नेत्रप्रसाद शर्माले भने ।

पाठेघरमा ११ किलोको ट्युमर

Chitwan-Medical-College,-Tuयसैबीच चितवन मेडिकल कलेज भरतपुरमा ४९ वर्षे महिलाको पाठेघर शल्यक्रिया गरी ११ किलोको ट्युमर निकालिएको छ । तनहुँको छिम्केश्वरी ७ घर भएकी आईती माया गुरुङको सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।

अस्पतालले आफ्नो इतिहासमा जिल्लामा नै पहिलोपटक यति ठूलो टयुमर निकाल्न सफल भएको दावी गरेको छ ।

अस्पतालका प्रसुती तथा स्त्री रोग विभागका प्रमुख डा.लोकबहादुर सेढाई, डा. वन्दना खनाल न्यौपाने, डा. लुना शर्मालगायतको टोलीले शल्यक्रिया गरेको थियो ।

‘अस्पतालमा महिलाहरुमा हालसम्म यस्तो टयुमरको शल्यक्रिया गरिएको थिएन’, डा.सेढाईले भने, ‘उहां अविवाहित हुनु हुदो रहेछ, यसैकारण महिनाबारीमा गडबड भएर यस्तो भएको हो ।’

चिकित्सकका अनुसार महिलालाई एक हप्ता भित्रै नै अस्पतालबाट डिस्चार्ज गरिने छ । विगत ५ बर्ष यस्तो समस्या खेपेकी गुरुङ गत शुक्रबार अस्पताल आएकी थिइन् । पेट एक्कासी बढेपछि अस्पताल आएको उनले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment