Comments Add Comment

बाँध भत्काएपछि घोप्टेखोला जलविद्युत आयोजना बन्द

No-light१९ साउन, म्याग्दी । म्याग्दीको पाखापानी गाविसको घोप्टेखोलामा आएको बाढीले घोप्टेखोला जलविद्युत आयोजनाको बाँध भत्काइदिँदा २२० किलोवाट क्षमताको घोप्टेखोला जलविद्युत् आयोजना बन्द भएको छ ।

आयोजना बन्द हुँदा गाउँका दुर्इ स्य घरधुरी अध्याँरोमा बस्न बाध्य भएका छन् । मौसममा सुधार नआउन्जेल जलविद्युत् आयोजनाको बाँधको पुनःनिर्माण गर्न समस्या भएकाले अझै केही दिन लाग्ने आयोजनाका खबिर पाइजाले जानकारी दिए ।
उनका अनुसार पाखापानी गाविस– ६ मा पर्ने कलाबाङ प्राथमिक विद्यालय पनि पहिरोको उच्च जोखिममा परेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment