Comments Add Comment

दलित समुदायद्वारा देशभर एक घण्टा चक्काजाम

१९ साउन, काठमाडौं । नयाँ संबिधानमा दलित समुदायका अधिकारहरु सुनिश्चित गर्न माग गर्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिले मंगलबार देशव्यापी एक घण्टा चक्काजाम गरेको छ ।
Chakkajam
विहान १० बजेदेखि ११ बजेसम्म आह्वान गरेको चक्काजामको प्रभाव आंशिक मात्रै परेको छ । एक घण्टा चक्काजाम गर्न नयाँ वानेश्वरको विजुलीबजार पुलमा जम्मा भएका दलित अधिकारकर्मीहरुलाई लाठीचार्ज गरेर प्रहरीले तितर वितर पारेको छ । त्यसैले राजधानीमा गाडीहरु गुडिरहेका देखिन्थे ।

रुपन्देहीको बुटवलमा मुख्य राजमार्ग सुनसान देखिए पनि भित्री सडकबाट गाडीहरु गुडेका छन् । बुटवलको राजमार्ग चौराहा र भैरहवाको बुद्धचोकमा बसेर बन्दकर्ताहरुले चक्काजाम गरेका थिए । तर, प्रहरीको आग्रह र सुरक्षामा भित्री सडकबाट गाडीहरु गुडेको बन्दकर्ताले पत्तै पाएनन् ।

राज्यका सबै संयन्त्र र निकायहरुमा दलित समुदायको अनिवार्य समानुपातिक प्रतिनिधित्व हुनुपर्ने, समानुपातिक समाबेसी प्रतिनिधित्वको संवैधानिक ग्यारेन्टी गर्नुपर्ने, प्रत्यक्ष निर्वाचन तर्फ १३ प्रतिशत सहभागिता सुनिश्चित गर्न छुट्टै निर्वाचन क्षेत्र हुनुपर्ने लगायत माग गरिएको छ ।

माग सम्वोधनका लागि दबाव दिने उद्देश्यले मंगलबार नै देशभरका जिल्ला प्रशासन कार्यालयहरुमा पनि एक घण्टा धर्ना दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment